Incident Reports

रोल्पा सदरमुकाममा आन्दोलनकारी र प्रहरीबीच झडप, आठ घाइते

2016-12-16

Lumbini, Rolpa, Rolpa

पाँच नं प्रदेशबाट पहाडी जिल्ला टुक्य्राउने गरी सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयकविरुद्ध आज आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । रोल्पामा आन्दोलन चर्किरहेकै समयमा नेपाल मगर सङ्घ रोल्पाले भने सरकारले रोल्पालाई ५ नंबाट ४ नं प्रदेशमा राखेकामा स्वागत कार्याक्रमको आयोजना गरेको थियो । एकै ठाउँमा विरोध र स्वागत कार्यक्रम चलिरहेकै बेला दुवै पक्षबीच एक्कासि ढुङ्गा हानाहान भएको थियो । झडप शान्त पार्न प्रहरीले दुवै पक्षका केही आन्दोलनकारीलाई नियन्त्रणमा लिनाका साथै लाठी चार्ज अश्रु ग्याससमेत प्रहार गरेको थियो । प्रहरीको लाठीचार्जबाट दुवैतर्फका गरी आठ जना घाइते भएका छन् । सङ्घर्ष समितिका सदस्य सचिव तथा नेपाल पत्रकार महासङ्घ रोल्पाका अध्यक्ष महेश न्यौपानेले आजको आन्दोलन सुरुआात मात्र भएको जिकिर गर्दै माग पूरा नहुँदासम्म सशक्त आन्दोलन चर्काउने चेतावनी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Demonstration
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people 100
Actor 2 - Affiliation Protesters/demonstrators
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Trend Analysis