Incident Reports

शुल्क बढाएपछि विद्यार्थी आन्दोलित

2016-12-11

Bagmati, Kathmandu, Kathmandu, Ward 4

विशालनगरमा रहेको कलेज अफ बायोमेडिकल इन्जिनियरिङ एन्ड एप्लाइड साइन्सले शुल्क वृद्धि गरेको भन्दै विद्यार्थी आन्दोलनमा उत्रेका छन्। पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित उक्त कलेजले एकैपटक ९२ हजार रुपैयाँ शुल्क वृद्धि गरेको आरोप विद्यार्थीले लगाएका छन्। कलेजका प्रथम सेमेस्टरका सबै विद्यार्थी पाँच दिनदेखि आन्दोलनमा छन्। उनीहरूले प्रिन्सिपल विश्वप्रसाद श्रीवास्तवको कार्यकक्षमा तालाबन्दी गरेका छन्। प्रथम सेमेस्टरका विद्यार्थी बविन खनालले विद्यार्थी काउन्सिलसँग समेत छलफल नगरी शुल्क वृद्धि गरेको बताए। 'दुई वर्षअघिसम्म ६ लाख ८५ हजार चार वर्षको शुल्क थियो,' उनले भने, 'यो वर्ष एकै पटक ९२ हजार ७ सय रुपैयाँ बढाएर ७ लाख ७७ हजार ७ सय बनायो।' प्रथम सेमेस्टरमा ४६ विद्यार्थी अध्ययनरत छन्। कलेजले महँगीका कारण शुल्क वृद्धि गर्नुपरेको जनाएको छ। कलेजका प्रशासकीय सल्लाहकार मुरारिविनोद पोखरेलले दुई वर्षदेखि शुल्क वृद्धि नगरेकोले एकैपटक वृद्धि गरेको बताए। उनले शुल्क वृद्धि शिक्षा मन्त्रालयले तोकेको मापदण्डभित्रै रहेको दाबी गरे। 'राष्ट्रबैंकको तथ्यांकअनुसार १० प्रतिशत मूल्यवृद्धि र सरकारले वृद्धि गरेको तलब कर्मचारीलाई उपलब्ध गराउन कलेजले बाध्य भएर शुल्क वृद्धि गरेको हो,' पोखरेलले भने, 'प्रयोगात्मक विज्ञानका औजार र उपकरणको मूल्य निकै बढेको छ। यस्तो अवस्थामा शुल्क वृद्धि हुनु स्वाभाविक हो।'
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Other economic issues
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments