Incident Reports

छाउगोठमै किशोरीको मृत्यु

2016-12-19

Sudurpashchim, Achham, Bannigadhi Jayagadh, Ward 1

निकै तामझामका साथ अघिल्लो वर्ष नै छाउपडीमुक्त घोषणा भइसकेको गाविसमै एक किशोरीले छाउगोठभित्र ज्यान गुमाएकी छन् । गाज्रा–७ की १५ वर्षीया रोशनी तिरुवा शनिबार साँझ ६ बजे खाना खाएर घरछेवैको छाउपडी गोठमा सुत्न गएकी थिइन् । आइतबार बिहान साढे ७ बजेसम्म पनि नउठेपछि बुबा भरत हेर्न जाँदा महिनावारी बारिरहेकी छोरी गोठमै मृत भेटिइन् । उनले हतारिँदै प्रहरीलाई खबर गरे । मृत्युको कारण यकिन हुन सकेको छैन । जिल्लामा एक महिनामा दुई किशोरीको छाउगोठमै ज्यान गइसकेको छ । जिल्ला प्रहरी कार्यालयका निरीक्षक बद्रीप्रसाद ढकालले जाडोमा आगो बाल्दा धूवाँमा निसास्सिएर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको बताए । ‘होचो गोठमा हावा ओहोरदोहोर गर्ने कुनै झ्याल छैनन्, मूल ढोकासमेत लगाइएकाले निसास्सिएर वा चिसोमा कठ्यांग्रिएर ज्यान गएको हुन सक्छ,’ उनले भने । गोठमा भित्रबाट ढोका लगाइएको थियो । बाहिरबाट बोलाउँदा ढोका नखोलेपछि फोरेरै भित्र हेर्दा छोरी मृत अवस्थामा भेटिएकी भरतले बताए । मृतकको शरीरमा कुनै घाउ चोटपटक नरहेको प्रहरीले जनाएको छ । किशोरी गाज्रा गाविसस्थित राष्ट्रभाषा माविमा कक्षा ९ मा अध्ययनरत थिइन् । यसअघि मंसिर ४ मा महिनावारी भएकै बेला छाउगोठमा बस्दा तिमिल्सेन–७ की २१ वर्षीया डम्बरा उपाध्याय पनि बिहान मृत फेला परेकी थिइन् । छाउपडी गोठमा महिनावारी भएर चार रात बिताएपछि पाँचांै दिन मात्र घर फर्काउने कुप्रथा यहाँ अझै हटेको छैन । विभिन्न गैरसरकारी संस्थाले २०६३ यता छाउपडीकै कारण जिल्लामा १० महिला र किशोरीको ज्यान गइसकेको जनाएका छन् । यहाँका ३१ गाविस छाउपडी गोठमुक्त घोषणा गरिएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Other violent form
Weapons Other
Primary Cause Other types of GBV
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments