Incident Reports

एम्बुलेन्स चालकद्वारा एक घण्टा सेवा ठप्प

2016-12-18

Lumbini, Rupandehi, Butwal

बुटवलमा प्रदर्शनकारीहरूले विरामी बोकेको एम्बुलेन्स तोडफोड गरेर क्षति पुर्‍याएको विरोधमा एम्बुलेन्स चालकहरू विरोधमा उत्रेका छन् । १२ बजेदेखि १ बजेसम्म एम्बुलेन्स चालकहरूले १ घण्टा सेवा बन्द गरेका हुन् । विरामी बोकेर आउने क्रममा भएको तोडफोडको विरोधमा साङ्केतिक रूपमा विरोध गरिएको एम्बुलेन्स सञ्चालन समितिका अध्यक्ष यदुनाथ भण्डारीले बताए । बन्दको दोस्रो दिन साँझ दिपनगरका बिरामी भैरहवा एयरपोर्टबाट बुटवलतर्फ ल्याउँदै गर्दा बुटवलको राजमार्ग चौराहामा लु १ च २१३१ नं को एम्बुलेन्समाथि प्रदर्शनकारीहरूले तोडफोड गरेका थिए । एम्बुलेन्स चालक ज्ञानबहादुर भट्टचनले ‘गाडीमा बिरामी छ भन्दा भन्दै कसैले केही नगर भने कोहीले ठोकठोक’ भनेर सिसा फुटाइदिएको बताए । गाडी केही कुच्चिएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Other governance issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Private company
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
INSEC

0 Comments