Incident Reports

लाठी बोकेर अर्घाखाँचीका महिला सडकमा

2016-12-21

Lumbini, Arghakhanchi, Sandhikharka

अर्घाखाँचीको सन्धिखर्कमा महिलाले लाठी बोकेर प्रदर्शन गरेका छन् । सरकारले पहाडी जिल्लालाई पाँच नम्बर प्रदेशबाट हटाउने प्रस्ताव संसदमा दर्ता गरेको विरोधमा महिला प्रदर्शनमा आएका हुन् । संविधान संशोधन प्रस्ताविरुद्ध अर्घाखाँचीमा १२ दिनदेखि आन्दोलन जारी छ । महिलाहरुको लाठी जुलुस शान्ति बगैंचा, मेन रोड, बसर्पाक, चुत्राबेसी, भक्तिटोला, बैंकरोड हुँदै बगैंचामा पुगेर कोणसभामा परिणत भएको छ । सभालाई सम्बोधन गर्दै एमाले महिला नेतृ पवित्रा पौडेलले सबै नेता तथा कार्यक्रतारु एकजुट भएर पहाड र तराई एक ठाउँ बनाउन लाग्नु पर्ने बताइन् । उनले दलीय अडान भन्दा माथि उठेर देश र जनताको लागि काम गर्नु पर्ने बताइन् । कांग्रेस नेतृ शान्ता भण्डारीले पार्टी भन्दा ठूलो देश र जनता भएकाले जनताको भावनालाई लिएर संशोधन प्रस्तावको विरुद्धमा लागेको बताए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis