Incident Reports

चालक कुटेपछि अनिश्चितकालीन यातायात बन्द

2016-12-25

Province 1, Bhojpur, Bhojpur

यात्रुबाहक बसका सञ्चालकलाई कुटपिट गरेको आरोप लगाउदैँ आजबाट भोजपुरमा अनिश्चितकालीन यातायात बन्द गरिएको छ । संयुक्त बस व्यवसायी सङ्घ भोजपुर, सगरमाथा ट्याक्सी व्यवसायी सङ्घ, ट्र्याक्टर सङ्घ, नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्गठनलगायतले प्रेस विज्ञप्ति जारी गर्दै बन्द गरेका हुन् । शनिबार धरानबाट भोजपुर आउँदै गरेको ना ४ ख ७३१७ नं को यात्रुबाहक बसका सञ्चालक पर्वत तामाङलाई बिना कारण तिवारी भन्जाङ गाविसका गौतम राईसहितको १५ जनाको टोलीले मरनासन्न कुटेपछि कुटपिट गर्नेलाई पक्राउ गरी भोजपुर जिल्ला प्रहरी कार्यलयमा ल्याए पनि उल्टै प्रहरी प्रशासनबाट पीडकलाई प्रश्रय दिने काम भएकाले आफूहरुले विरोध स्वरुप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको संयुक्त बस व्यवसायी सङ्घ भोजपुरका अध्यक्ष गोपाल मोक्तानले बताए। घटनामा संलग्नलाई कानुनी कारबाही नगरिएसम्म बन्द फिर्ता नगर्ने बताइएको छ । यसैबीच आइतबार अपराह्नदेखि भोजपुर सदरमुकाममा बस, ट्याक्सी र ट्र्याक्टरले सडक जाम गरेपछि मोटरसाइकल तथा पैदलयात्रीलाई हिँडडुलमासमेत समस्या परेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments