Incident Reports

विभिन्न हतियार तथा गोली बरामद

2016-12-25

Karnali, Jumla, Guthichaur, Ward 4

 गज्र्याङकोट–८ थामवाडा बस्ने २४ वर्षीया बेदनराज थापाले लुकाई छिपाई राखेको विभिन्न हतियार तथा गोलीहरु प्रहरीले बरामद गरेको छ । उनले गज्र्याङकोट–८ ढाडखर्क स्थित जंगलको विभिन्न स्थानमा लुकाई छिपाई राखेको अवस्थामा एस.एल.आर २ थान, सोको गोली २७ थान , म्याग्जीन २ थान, अटोमेटिक पेस्तोल २ थान, रिवल्भर २ थान, सोको गोली ५ थान, कटुवा पेस्तोल २ थान , केप र प्mयुज सहितको डेटोनेटर ७ थान बरामद गरेको थियो । गत मंसिर ११ गते चन्दननाथ मन्दिरमा भएको मुर्तीहरु चोरी भएको घटना तथा बिभिन्न मुद्दामा संलग्न फरार प्रतिबादीहरुलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा उनले विभिन्न वारदातमा प्रयोग गरी लुकाई राखेको उक्त हतियार प्रहरीले आइतबार बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments