Incident Reports

बेवारीसे अवस्थामा फेला परेको कुकर बम डिस्पोज

2016-12-06

Madhes, Rautahat, Chandrapur

रौतहाट स्थित गौर चन्द्रानीगाहरपुर सडक खण्ड अन्तरगत शुखदेव चौकमा बरामद बेवारीसे प्रेसर कुकर बम नेपाली सेनाका डिस्पोजल टोलीले डिस्पोज गरएको छ। अज्ञात ब्यक्तीले बाटो छेउमा रखिएको कुकर बम बिहान ६ बजे स्थानीयले हेरेर प्रहरिलाई खबर गरेका थिए। खबर लगतै स्थानीय प्रहरिले बमलाई सुरक्षा घेरा भित्र रखेका थिए। सो पछी जिल्ला प्रहरी कार्यलय रौतहट र ईन्द्रबक्स गुल्म पुरेनवाबाट खटी गएको टोलीले तीन घण्टा पछी बिहान ९ बजे बरामद कुकर बमलाई बिष्फोट गराइ निस्क्रीय बनाएको थियो। बम कसले र किन राखेको भनी हालसम्म खुल्न न सकेको तथा सो बारे अनुसन्धान भइरहेको रौतहटका एस.पि यज्ञबिनोद पोखरेलले बताए।
Local Newspaper - Parsa

0 Comments