Incident Reports

दार्चुलामा श्रीमतीको हत्या गरेर एक व्यक्ति फरार

2016-12-28

Sudurpashchim, Darchula, Mahakali, Ward 9

Narendra Singh Karki दार्चुलामा श्रीमतीको हत्या गरेर एक व्यक्ति फरार भएका छन्। भगवती–७ स्थायी घर भर्इं हाल दत्तु–७ महाकाली किनारमा बस्दै आएका ४० बर्षीया धिरेन्द्रसिंह धामीले २७ वर्षीया श्रीमती सोना धामीको हत्या गरेर फरार भएका हुन्। गएराति १२ बजेतिर श्रीमतीको हत्या गरेर धामी फरार रहेका र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिए। उनले भने,‘महाकाली किनारमा छाप्रो हालेर बस्दै आएका र मजदुरी गरेर परिवार पालीरहेकाले धामीले गएराति एक्कासी श्रीमतीको हत्या गरेर फरार भएका छन्। हत्याको कारण खुल्न सकेको छैन।’ धामीका १३ वर्षीय छोरा पाकेससिंह धामीले आफ्नी आमाको बुवाले टाउको ठोक्काएर बाहिर लगेको र आफूहरुलाई बाहिर आए मारिदिने धम्की दिएको प्रहरीलाई बताएको प्रहरी निरीक्षक चन्दले बताए। धामी परिवार बस्ने छाप्रो भन्दा दश मिटर तल झाडीमा सोनाको शव फेला परेको छ। मृतक सोनाको ११ महिने दुधे बालक समेत रहेको बताइएको छ। तेस्री श्रीमती सोनाको हत्या के कारणले भएको हो भन्ने खुल्न सकेको छैन।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , INSEC , Local Newspaper - Kailali

0 Comments