Incident Reports

हत्या आशङ्कामा फरार रहेका अभियुक्तलाई तीन महिनापछि पक्राउ l

2016-10-12

Lumbini, Rukum East, Putha Uttarganga, Ward 14

हत्या आशङ्कामा फरार रहेका अभियुक्तलाई तीन महिनापछि प्रहरीले आज दाङबाट पक्राउ गरेको छ । पूर्वी रुकुमको राङ्सी–८ ढाङढुङ्गे जङ्गलमा गत असोज २६ गते मृत फेला परेका तनहुँकी कल्यानदेवी ठकुरी सुनुवारको हत्या आशङ्कामा राङ्सी–८ का १६ वर्षीय शिशिर बुढालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । तनहँुबाट इँटाभट्टामा काम गर्ने कामदारको खोजी गर्न आएकी सुनुवार र बुढा दाङको तुल्सीपुरबाट सँगै असोज २३ गते रुकुम पुगेका थिए । सुनुवारलाई बुढाले हत्या गरेको अनुमान प्रहरीको छ । पक्राउ परेको बुढाले आर्थिक कुराकानी नमिल्दा आफूले सुनुवारलाई भिरबाट धकेलेर हत्या गरेको प्रहरीसमक्ष स्वीकारेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other economic issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments