Incident Reports

बहुविवाह घटनाका आरोपितहरू गिरफ्तार

2016-12-28

Madhes, Saptari, Mahadeva, Ward 2

प्रसवनी गाविस-२ की २७ वर्षीया कविता साहका पति ३४ वर्षीय परशुराम साह तेली र उनकी कान्छी पत्नी १९ वर्षीया आशाकुमारी साहलाई प्रहरीले बहुविवाहको आरोपमा पुस १४ गते गिरफ्तार गरेको छ । पीडितले आरोपितहरूविरुद्ध जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी पुस १३ गते दर्ता गरी आरोपितहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर नारायणप्रसाद भट्टराईले जानकारी दिए । आरोपितद्वयले मङ्सिर ९ गते विवाह गरेकोले बहुविवाहमा कारबाही गर्न माग गर्दै पीडितले उजुरी दिएकी थिइन् । सामाजिक परम्पराअनुसार आरोपित परशुरामसँग ०६५ सालमा विवाहित पीडिततर्फ सन्तान छैनन् । सन्तान नभएपछि उपचार गराउनुको साटो कुटपिट गरेर घरनिकाला गरेपछि गम्हरिया प्रवाहा गाविस-२ स्थित माइत विस्थापित भएको पीडितले बताइन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments