Incident Reports

छोरा विदेशमा, बुहारी ससुराको यौन शोषणमा

2016-12-19

Madhes, Mahottari, Ekdanra

छोरो रोजगारीको लागि पञ्जाब गएको समयमा आफ्नै बुहारीलाई यौन शोषण गर्दै आएका ससुरालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले पक्राउ गरेको छ । एकडारा बेलाका ४८ बर्षीय ससुराले २१ बर्षीय बुहारीलाई एक महिनादेखि यौन शोषण गर्दै आएको आरोपमा उनलाई पक्राउ गरिएको एसपी नलप्रसाद उपाध्यायले जानकारी दिए । ‘पीडिता बुहारीले दिएको उजुरीको आधारमा उनका ससुरा पक्राउ परेका हुन्,’ एसपी उपाध्यायले भने, ‘आफ्ना ससुराले एक महिनादेखि यौन शोषण गरेको र पुस ४ गते राति १० बजेको समयमा जबर्जस्ती करणी गरेको ती महिलाले हामी कहाँ उजुरी दर्ता गराइन् ।’ पीडित महिलाका श्रीमान् ६ बर्षदेखि रोगारीको क्रममा भारतको पञ्जाबमा छन् । पक्राउ परेका पीडकलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थपी अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Secondary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments