Incident Reports

Kins of accident victim called for indefinite strike

2017-01-01

Life of locals has been affected after Kins of a youth who died in a bus accident last Friday has called for indefinite strike in Phidim on Sunday due to which transportation service has been highly affected. The protestors have demanded action against the bus driver and compensation to the victim's family. They have also blamed that, police also refused to lodge a complained about the incident due to which they were forced to go for protest. According to the information, deaceased Bishal Sambahamphe died while he was taking selfie, getting off the bus. पाँचथर रानिगाँउका एक युवालाई यात्रुबहाक बसले किचेर मारेको विषयमा आइतबार अचानक फिदिम बजार र यातायात बन्द गरिएको छ । को १ ख ३५६१ नम्बरको बसले किचेर गत शुक्रबार इलामको कोल्बुङ भन्ने स्थानमा रानीगाँउका विशाल सम्बाहम्फेको मृत्यु भएको थियो । दोषीलाई कारबाही गर्न भन्दै पीडित परिवारले दिएको उजुरी प्रहरीले दर्ता गर्न नचाहेको भन्दै सम्बाहम्फेका आफन्त र फिदिम बजारका युवाले अनिश्चितकालील बजार र यातायात बन्द गरेका हुन्। मृतक सम्बाहम्फे फुटबल खेलाडी हुन् । उनी पाँचथरबाट झापा जाने क्रममा इलामको कोल्बुङमा गाडीबाट ओर्लिएर सेल्फी लिने क्रममा पछाडीबाट आएको बसले किचेर मारेको थियो । मृतक सम्बाहम्फेका काका शिव सम्बाहम्फेका अनुसार आफ्नो माग सम्बोधन नभएसम्म फिदिम बजार र यातायात बन्द गर्ने तयारी छ । पीडित परिवार र फिदिमका युवाले दोषीलाई तत्काल कारबाही गर्नुपर्ने र उचित क्षतीपूर्ति दिनुपर्ने माग राखेका छन् । अहिलेसम्म गाडी चालकलाई नपर्किनु र जाहेरी दर्ता गर्न प्रहरीले नमान्नुमा आफूहरु असन्तुष्ट भएको बताएका छन् । प्रहरीले भने पीडित पक्षबाट ठाडो उजुरी मात्र आएकाले कारबाहिको प्रक्रिया अघि बढाउन नसकिएको जनाएको छ । पीडित पक्षबाट जाहेरी आए तत्काल कारबाही अघि बढ्ने प्रहीको भनाइ छ । प्रहरीले बसलाई नियन्त्रणमा लिएको छ । तीन दिनसम्म पनि मृतक सम्बाहम्फेको पोष्टमार्टन हुन सकेको छैन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Extra-judicial response to traffic accidents
Secondary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Morang

0 Comments