Incident Reports

दुर्घटनामा युवाको मृत्यु भएको विरोधमा फिदिम बजार बन्द

2017-01-01

पाँचथर रानिगाँउका एक युवालाई यात्रुबहाक बसले किचेर मारेको विषयमा आइतबार अचानक फिदिम बजार र यातायात बन्द गरिएको छ । को १ ख ३५६१ नम्बरको बसले किचेर गत शुक्रबार इलामको कोल्बुङ भन्ने स्थानमा रानीगाँउका विशाल सम्बाहम्फेको मृत्यु भएको थियो । दोषीलाई कारबाही गर्न भन्दै पीडित परिवारले दिएको उजुरी प्रहरीले दर्ता गर्न नचाहेको भन्दै सम्बाहम्फेका आफन्त र फिदिम बजारका युवाले अनिश्चितकालील बजार र यातायात बन्द गरेका हुन्। मृतक सम्बाहम्फे फुटबल खेलाडी हुन् । उनी पाँचथरबाट झापा जाने क्रममा इलामको कोल्बुङमा गाडीबाट ओर्लिएर सेल्फी लिने क्रममा पछाडीबाट आएको बसले किचेर मारेको थियो । मृतक सम्बाहम्फेका काका शिव सम्बाहम्फेका अनुसार आफ्नो माग सम्बोधन नभएसम्म फिदिम बजार र यातायात बन्द गर्ने तयारी छ । पीडित परिवार र फिदिमका युवाले दोषीलाई तत्काल कारबाही गर्नुपर्ने र उचित क्षतीपूर्ति दिनुपर्ने माग राखेका छन् । अहिलेसम्म गाडी चालकलाई नपर्किनु र जाहेरी दर्ता गर्न प्रहरीले नमान्नुमा आफूहरु असन्तुष्ट भएको बताएका छन् । प्रहरीले भने पीडित पक्षबाट ठाडो उजुरी मात्र आएकाले कारबाहिको प्रक्रिया अघि बढाउन नसकिएको जनाएको छ । पीडित पक्षबाट जाहेरी आए तत्काल कारबाही अघि बढ्ने प्रहीको भनाइ छ । प्रहरीले बसलाई नियन्त्रणमा लिएको छ । तीन दिनसम्म पनि मृतक सम्बाहम्फेको पोष्टमार्टन हुन सकेको छैन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Extra-judicial response to traffic accidents
Secondary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Morang

0 Comments