Incident Reports

Employees protest against killing

2017-01-02

Province 1, Taplejung, Mikwakhola

Government employees have protested against the killing of Ganesh Shahi, forest officer of Khoklang, Taplejung. The employees halted the work at office for around 2 hours demanding proper investigation regarding the case. The employees halted the work from 10 to 12. Shahi, a resident of Dashera VDC-8, Jajarkot got brutally killed. Nepal Employees Union, Nepal National Employee Association, Nepal Civil Employees Association etc unitedly came together for the protest. They released common as well as separate press releases demanding the arrest and punishment of the culprit. District Forest Office's head Dan Bahadur Shrestha stated that a condition like this doesn't allow other employees to go out there in the field and work freely. ताप्लेजुङस्थित इलाका वन कार्यालय खोक्लिङमा कार्यरत गणेश शाहीको हत्या भएको विरोधमा यहाँका सरकारी कर्मचारीहरु आन्दोलित भएका छन् । हत्याको विरोध र दोषीलाई कारबाहीको माग गर्दै सोमबार ताप्लेजुङकका सरकारी कर्मचारीले दुई घण्टा कार्यालयको कामकाज पूर्ण रुपले ठप्प पारेका हुन् । जिल्लामा रहेका विभिन्न पेसागत कर्मचारी संघसंगठनको आहृवानमा सोमबार बिहान १० बजेदेखि मध्यान्न १२ बजे सम्म पेनडाउन गरी कर्मचारीले कामकाज ठप्प पारेका थिए । आइतबार कार्यक्षेत्र अन्तर्गत रहेको ताप्लेजुङको खोक्लिङ गाविसमा जागरकोटको दशेरा गाविस ८ निवासी शाहीको निर्ममतापूर्वक हत्या भएको थियो । कार्यक्षेत्रमा खटिएका शाहीको ताप्लेजुङमा भएको निर्मम हत्यापछि निजामती कर्मचारीको आधिकारीक ट्रेड युनियन, नेपाल निजामति कर्मचारी संगठन, नेपाल कर्मचारी युनियन (संघ), नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति, स्थानीय विकास कर्मचारी संगठन र गाविस सचिव हकहित संरक्षण केन्द्र संयुक्त रुपमा आन्दोलित भएका हुन् । उनीहरुले संयुक्त तथा फरक फरक प्रेस विज्ञप्ति जारी गर्दै हत्यामा संलग्नलाई कानुनबमोजिम कारबाही हुनुपर्ने र मृतकका परिवारलाई सरकारले उचित क्षतिपूर्ती दिनुपर्ने, मृतकलाई राष्ट्रसेवक सहिद घोषणा गर्नुपर्ने र सरकारले सम्पुर्ण राष्ट्रसेवक कर्मचारीको सुरक्षाको व्यवस्था गर्नुपर्ने माग समेत राखेका छन् । सोमबार बिहान ताप्लेजुङका निमित्त प्रमुख जिल्ला अधिकारी सुरेन्द्र भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै कर्मचारीलाई सुरक्षाको प्रत्याभुति हुनेगरी सुरक्षा दिन माग गरेका हुन् । ज्ञापनपत्र बुझाउँदै निजामती कर्मचारीको आधिकारीक ट्रेड युनियनका जिल्ला अध्यक्ष रामचन्द्र नेपालले माग पूरा नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । जिल्ला वन कार्यालय ताप्लेजुङका निमित्त प्रमुख दानबहादुर श्रेष्ठले कार्यक्षेत्रमा भएको कर्मचारीको हत्याले अब कर्मचारीहरु गाउँमा गएर काम गर्ने सक्ने स्थिति नभएको बताए । निजी र सामुदायिक वनको सीमाना विवादले उग्र रुप लिएपछि भएको झगडामा शाहीको हत्या भएको थियो । स्थानीय सबिन लिम्बुले शाहीको घाँटी रेटेर हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन् । लिम्बुलाई आइतबार साँझ प्रहरीले नियन्त्रणमा लिएको ताप्लेजुङका प्रहरी प्रमुख रामबहादुर केसीले बताए । कर्मचारी हत्याकै विरोधमा छिमेकी जिल्ला पाँचथरका कर्मचारी पनि आन्दोलित भएका छन् । पाँचथरका कर्मचारीले हत्याको बिरोधमा मंगलबार एक घण्टा पेनडाउन गरी सरकारी कार्यालयको कामकाज ठप्प पार्ने निर्णय गरेको निजामती कर्मचारीको आधिकारीक ट्रेड युनियन पाँचथरका उपाध्यक्ष पशुपती कट्टेलले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Morang , Local Newspaper - Panchthar

0 Comments