Incident Reports

बालिकालाई यौन दुर्व्यवहार गर्नेलाई तीन वर्ष कैद सजायको फैसला

2016-02-20

Madhes, Saptari, Belhi Chapena, Ward 12

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा कटैया गाविस-८ का २० वर्षीय दिपेन भनिने पुलकित इशरलाई जिल्ला अदालतले पुस १९ गते तीन वर्षकैद सजायको फैसला सुनाएको छ । न्यायाधीश शङ्करबहादुर राईको इजलासले आरोपितलाई तीन वर्षकैद सजायको फैसला सुनाएको अदालतका स्रेस्तेदार नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । पीडित बालिकालाई आरोपितले ०७२ फागुन ८ गते आरोपितले यौन दुर्व्यवहार गरेको आरोपमा उनका अभिभावकले फागुन १६ गते प्रहरीमा उजुरी गरेका थिए । जिल्ला प्रहरी कार्यालयले आरोपितविरुद्ध ०७२ फागुन २८ गते ‘जबरजस्ती करणी उद्योग’ शीर्षकमा मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालतका स्रेस्तेदार नरेन्द्र कुमार श्रेष्ठले आरोपितका नाममा ०७२ चैत १७ गते वारेण्टसहितको म्यादी पुर्जी जारी गरेका थिए । आरोपित हालसम्म गिरफ्तार भएका छैनन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments