Incident Reports

युवासंघका प्रदर्शन

2016-12-09

Province 1, Morang, Biratnagar

विराटनगर, २५ मंसिर - नेकपा एमाले सम्बध्द युवा तथा विधार्थीहरुले संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्तावको विरोध गर्दै शुक्रबार पनि विराटनगरमा लम्पसार जुलुस प्रदर्शन गरेका छन् । एमाले भात्री संगठन युवा संघ र अनेरास्ववियुको आव्हानमा युवा तथा विधार्थीहरुले संविधान विधेयक प्रस्ताव खारेज गर्न माग गर्दै लम्पसार जुलुस प्रदर्शन गरेका हुन् । उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारतका अगाडि लम्पसार परेको भन्दै लम्पसार जुलुस प्रदर्शन गरेका हुन् । उनीहरुले हिमाल, पहाड र तराई कोही छैन पराई प्रशासनको गोली खाइन्छ सिंगो नेपाल चाहिन्छ लगायतका नाराबाजी गरेका थिए । कार्यक्रमलाई संबोधन गर्दै युवा नेताहरुले संविधानप्रस्ताव तत्काल फिर्ता नगरिए अझ कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments

Related Trend Analysis