Incident Reports

युवती बलात्कृत

2016-12-07

Province 1, Morang, Miklajung, Ward 7

उर्लाबारी - महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहदा मधुमल्लामा एक युवती बलात्कृत भएकी छिन् । मोरङ मधुमल्लामा गत बुधबार एक विवाह घरमा पाहुना बनी आएकी ती महिलालाई गत बुधबार स्थानीय एक युवकले नूनसरी खोलाको बगरमा बलात्कार गरेको प्रहरीले जनाएको छ । मधुमल्ला - ३ स्थित तीनपैनीमा आयोजित एक विवाह समरोहमा ती महिलालाई स्थानीय 'प्रशान्त' भनिने उमेश दर्जीले बलात्कार गरेका थिए । बलात्कार गरी फरार ती युवकलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले बिहिबार बेलुका मधुमल्ला क्षेत्रबाट पक्राउ गरेको छ । दर्जीले ती युवतीलाई मापसे सेवन गरी बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । घटनामा संलग्न ती युवकलाई पिडितले दिएको जोहेरी अनुसार जबरजस्ती करणी अन्तर्गत मुद्धा दायर गरिएको इलाका प्रहरी निरिक्षक राजकुमार राईले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Raped 1
Female Raped 1
Local Newspaper - Morang

0 Comments