Incident Reports

विधुत सहकारीमा तालाबन्दी

2016-12-13

बेलौरी, २९ मंसिर - साल वर्षसम्म साधारण सभा नगरी एउटै कार्यसमितिले निरन्तर काम गरेको आरोपमा सगम ग्रामिण विधुत सहकारी संस्था लिमिटेड डि के ३३ ३५ को कार्यालयमा तालाबन्दी गरिएको छ । सगम ग्रामिण विधुत सहकारीको आठौ वार्षिक साधारण सभा सकिए पछि केही शेयर सदस्यहरुद्वारा सहकारीको कार्यालयमा तालाबन्दी गरिएको हो । ३ वर्षको पदावधि भएपनि ७ वर्षदेखि लगातार एउटै कार्यसमिति रहेकोले आठौ वार्षिक साधारण सभामा बन्द सत्रबाट नयाँ कार्यसमिति हुनुपर्ने भएपनि त्यो अझै डेढ वर्ष बाँकी रहेको भन्दै खुलासत्रमै साधारण सभा समापन भएको घोषणा गरेकोले तालाबन्दी गरिएको संस्थाका शेयर सदस्य जनक बहादुर सिंहले बताए । सगम ग्रामिण विधुत सहकारी संस्थाका अध्यक्ष गोविन्द प्रसाद भट्टले सहकारी संस्था विगत ७ वर्षदेखि आफ्नो नेत्रित्वमा रहेको भएपनि ७ वर्ष सम्म साधारण सभा नगरेको आरोप लगाउन गलत भएको बताए । गत वर्ष भदौ महिनामा भएको साधारण सभाबाट पुन: तीन वर्षका लागि आफ्नो नेत्रित्वमा पुरानै कार्यसमितिलाई निरन्तरता दिने सर्वसम्मत निर्णय भएको उनले बताए। अहिले व्यत्तिगत रिसिबिका कारण केही व्यत्तिहरुले अनावश्यक विवाद गरेको उनको दाबी छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other economic issues
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Local Newspaper - Kanchanpur

0 Comments