Incident Reports

तरकारी व्यवसायीद्वारा विरोध प्रदर्शन

2016-12-25

Sudurpashchim, Kailali, Dhangadhi

धनगढी- कैलालीका फलफूल तथा तरकारी व्यवसायीले कृषिजन्य उत्पादनमा दोहोरो कर खारेजीको माग गर्दै आइतबार धनगढीमा नाराजुलुश सहित विरोध र्याली निकालेका छन्। जिल्ला विकास समितिले दोहोरो कर असुलेको भन्दै त्यसको विरोधमा व्यवसायीहरुले चरणवद्ध आन्दोलन गर्दै आएका छन् । तरकारी र फलफूलजन्य वस्तुमा भ्याट नलिने व्यवस्था भए पनि जिल्ला विकास समितिले दोहोरो कर लिएको तरकारी व्यवसायीको आरोप छ । कृषिजन्य उत्पादनको निकासीमा १ प्रतिशतमा नबढाई कर लिनुपर्ने नियम भए पनि कैलाली जिल्ला विकास समितिले त्यसभन्दा बढी लिएको र एउटै वस्तुमा एक भन्दा बढी ठाउबाट कर लिएको व्यवसायीले दाबी गरेका छन् । तरकारी तथा फलफूल व्यवसायी हरिदत्त भट्टले जिल्ला विकास समितिले दोहोरो कर लिईरहेको विषयमा विभिन्न निकायमा ध्यानाकर्षण गराए पनि सुनुवाई नभएकोले आन्दोलन गर्नु परेको बताए । कृषिप्रधान देशमा सबैतिरबाट कृषकहरुलाई नै मार्ने काम भएको उनले बताए । सम्बन्धित निकायले समस्या समाधानतर्फ़ ध्यान नदिएको भएर सोमबार जिल्ला विकास समिति घेराउ गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Demonstration
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Kailali

0 Comments