Incident Reports

तरुण दलबाट स्कुल भ्यानसहित दर्जनौँ सवारीसाधन तोडफोड

2017-01-09

आफ्ना क्षेत्रीय सभापतिलाई फसाउन खोजेको आरोप लगाउँदै काङ्ग्रेसको भातृसंगठन तरुण दलले गरेको अनिश्चितकालिन बाँके बन्दको दोस्रो दिन स्कुल बससहितका सवारीसाधनमा व्यापक तोडफोड भएको छ । बन्दकर्ताले मोटरसाइकल, विद्युर्ती रिक्सा र स्कुल भ्यान समेत तोडफोड गरेका हुन् । बन्दका बेला स्कुल बसलाई अवरोध नगर्ने प्रतिबद्धता विपरीत तरुण दल सोमबार बिहान वाटरपार्क स्कुलको भ्यान समेत तोडफोड गरेर विद्यालय सञ्चालनमा अवरोध पुर्याएको छ । युवा सङ्घ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहरको घटनामा क्षेत्रीय सभापति दिग्विजय जङ्ग राणालाई प्रहरीले फसाउन खोजेको भन्दै तरुण दलले अनिश्चितकालिन बाँके बन्द आव्हान गरेको हो । बिपी चोकदेखि बन्द गराउँदै हिँडेका तरुण दलका कार्यकर्ताले विद्यार्थी सवार स्कुल भ्यान, पार्किङ्गको मोटरसाइकल, विद्युतीय रिक्सा समेत तोडफोड गरेको प्रहरीले जनाएको छ । नेपालगन्जको नेपाल वायु सेवा निगम अगाडि पसल बन्द गरी पार्किङ्गमा राखेको मोटरसाइकल तोडफोड गर्नुका साथै व्यवसायीमाथि आक्रमण समेत गरिएको छ । आन्दोलनकारीको आक्रमणबाट एक जना व्यवसायीको आँखामा गम्भीर चोट समेत लागेको प्रहरीले जनाएको छ । तोडफोड नगर्ने जानकारी गराएर पनि स्कुल भ्यान तोडफोड गरिएको घट्नाप्रति प्याब्सन बाँकेले कडा निन्दा गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Strike/Bandh
Weapons Blunt weapon
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Total Injured 1
Totally damaged Vehicles 3
National/Online Media

0 Comments