Incident Reports

मुस्लिम महिलाको शंकास्पद मृत्‍यु

2016-12-18

Madhes, Bara, Parwanipur, Ward 2

प्रस्टोकामा एकजना मुस्लिम महिलाको शंकास्पद मृत्‍यु भएकोमा माइती पक्षले हत्याको आरोप लगाएको छ। प्रस्टोका-१ हरपुर टोल निवासी तीन छोराछोरीकी आमा २३ बर्षिया लालचुनी खातुन म्रित अवस्थामा भेटिएकी थिइन्। घर पक्षले खातुनले आत्माहत्या गरेको बताएको छ भने माइती पक्षले हत्या भएको दाबी गर्दै आएको छ। खातुनका दाइ मुस्तकिम मियाँ मन्सुरीले ज्वाइँ मुस्ताक मियाँ मन्सुर विदेशबाट आएपछी दिदिलाई घरबाट पठाएको बताए। उनले ज्वाइँको आमाबुवा र बहिनीले दाइजोको कुरा उठाएर दु:ख दिने, तनावमा राख्ने गरेको आरोप लगाए। जेठी भन्जी जन्मदा ज्वाइँंले दाईजोको कारण बहिनीलाई तनाव दिन शुरु गरेकोमा हरपुरमा पञ्चभलाद्मी बसाएको बताए। त्यतिखेर पञ्चभलाद्मीको दबाबमा तनाब दिन कम गरे पनि दाइजोको कुरा गरी नै रहेको मुस्तकिमले ज्वाइँ विदेशबाट आएर बहिनी पठाउन भनेपछी पठाएको र दुई सातापछी यो घटना भएकोले स्वभाविक मृत्‍यु हुन नसक्ने दाबी गरेका छन। म्रितक खातुनकी कान्छी छोरी दुई महिनाकी छन् भने जेठी ६ बर्षकी र माइलो छोरा ४ बर्षको छ। प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले हत्या आरोप लागेको तर स्थानीयले भने आत्महत्या बताएकोले यसबारे अनुसन्धान भइरहेको जाअनकारी गराए। पोस्टमार्टम रिपोर्ट अनी घटनाका अरु प्रमाणहरु भेटिएपछी हत्या, आत्महत्या अथवा स्वभाविक मृत्‍यु के हा यकिन हुने बारा प्रहरीले जनाएको छ। आईतवार बिहान खातुन म्रित अवस्थामा घरमा फेला परेकी थिइन्। उनको घाँटी थिचेर हत्या गरिएको दाजु मुस्तकिमले आरोप लगाएका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Related to disputes over dowry
Secondary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Local Newspaper - Parsa

0 Comments