Incident Reports

समाजवादी विधार्थी संघद्वारा खबरदारी जुलुस प्रदर्शन l

2016-12-02

Madhes, Dhanusha, Janakpur

राष्ट्रिय मधेश समाजवादी पार्टीका भ्रात्रि संगठन समाजवादी विद्यार्थी संघले जनकपुरधाममा खबरदारी जुलुस प्रदर्शन गरेको छ । वर्तमान सरकारले ल्याएको अधुरो संसोधन प्रस्तावको विरोधमा संघका राष्ट्रिय अध्यक्ष ज्ञानेन्द्र झा "ज्ञानु" को नेतृत्वमा विरोध जुलुस निकालिएको थियो । नेकपा एमालेतर्फ इंगित गर्दै संघका अध्यक्ष झाले अहिले केहि पार्टीको भ्रात्री संगठनहरुद्वारा साम्प्रदायिकता फैलाउने कार्य गरिरहेको खेद प्रकट गरेका छन् । सरकारले पटकपटक मधेशसंग बेइमानि गरेकै हो र फेरी यसपालि पनि छापामार सैलिमा अबेर राति अधुरो संसोधन प्रस्ताव दर्ता गराएर प्रष्ट गरिदियो कि मधेशमा बसोबास गर्ने नागरिक राज्यको दोश्रो दर्जा को नागरिक हो । उनले भने सरकारलाई खबरदारी स्वरुप मधेश निन्द्रामा नरहेको, मधेसी आफ्नै दुवै आँखा खोलेर हेरिरहेको, आफ्नो अधिकारका लागि पुन: बलिदानी दिनबाट एक कदम पछाडि नहट्ने चेतावनी दिएका छन्। कार्यक्रममा संघका केन्द्रिय सदस्य अशोक यादव जिल्ला अधय्क्ष हिरेन्द्र अधिकारि, उपाध्यक्ष कमलेस यादव, राम भगत साह, साह्बाज आलम, बिजय यादव, रितेश यादव, धैयु साह, प्रवेश लगायत सैयो विधार्थी उपस्थिती रहेको कुरा संघका सचिव रन्जित निस्पक्षले जनाएका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Entity Federal Socialist party
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments

Related Trend Analysis