Protest against the LLRC report has continued in Thansing village of Nuwakot district. The villagers staged demonstration and blocked the vehicular movement along the Dhikure-Kathmandu road for the fourth day, demanding village council status for Likhu.
स्थानीय तह पुनसंरचनाको बिरोधमा नुवाकोटको पुर्बीभेगमा रहेका खानीगाँउ, थानसिङ लगाएत गाविसमा लगातार चौथो दिन मंगलबार पनि बन्द भएको छ। बन्द प्रति माओबादी केन्द्रका पोलिटबिउरो सदसय हितबहादुर तमाङ र कांग्रेसका जिल्ला सभापति जगदिश्वोर सिंह केसीले एक्यबद्दता जनाएका छन्।
खानीगाँउको ढिकुरमा मंगलबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै तमाङले जिल्लाबाट पठाएको प्रतिबेदन अनुसारनै स्थानीय तह लागु हुनुपर्ने बताए। स्थानीय तहको पुनसंरचनामा खानीगाउँ गाबिसलाइ बागेश्वोरी तर्फ मिलाएको बिरोधमा स्थानीयले बन्द गरेका हुन्।
प्रस्ताब लिखु गाउँपालिका भित्र पर्ने गाबिस थानसिङ, चौघडा , सुर्यमति, खानीगाउँका राजनीतिक दलका अगुवाको नेतृत्वमा स्थानीयवासीले एकसाता देखि संघर्ष गर्दै चार गाबिस ठप्प बनाएका छन्। थानसिङमा आयोजित बिरोध कार्येक्रममा सम्बोधन गर्दै कांग्रेस नुवाकोटका सभापति जगदिश्वोर सिंह केशीले आयोगले स्थानीय राजनीतिक दलको सुझाबलाइ लत्याएर आफूखुसी निर्णय गरेको आरोप लगाए। लिखु गाउँपालिकाका बचाऊ संघर्स समितिको आयोजनामा यातायात, सैक्षिक संस्था, सरकारी तथा सामाजिक सस्था ठप्प बनाएका छन्।