Incident Reports

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

2017-01-15

Lumbini, Pyuthan, Sarumarani, Ward 3

प्यूठानमा आफ्नै श्रीमानको निर्घात कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । हंसपुर ९ केवरापानी डुम्रे निवासी ३८ वर्षका निमबहादुर रेश्मीमगरले कुटपिट गर्दा ३३ बर्षीया श्रीमती गंगीश्वरा रेश्मीमगरको मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमानको कुटपिटबाट मंगलवार साँझ रेश्मीको मृत्यु भएको प्रहरीकाे भनाइ छ छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरीक्षक रञ्जीत सिंहराठौँरले मृतकको अनुहारमा गहिरो चोट लागेको बताए । पारिवारिक झगडाका कारण श्रीमतीलाई कुटपिट गरेको हुनसक्ने प्रहरीको अनुमान छ । मृतकको शव पोष्टमार्टमका लागि बुधबार दिउँसो जिल्ला अस्पताल विजुवारमा पुर्याइएको छ । घटनाको थप अनुसन्धानका लागि श्रीमान निमबहादुरलाई जिल्ला प्रहरी कार्यालय प्यूठानमा ल्याइएको डिएसपी राठौँरले जानकारी दिए । कुटपिट गरेको ठहर भए दोषीलाई कर्तव्य ज्यान मुद्दा चलाइने प्रहरीले बताएको छ । मृतकका दुई छोरा र एक छोरी छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , INSEC

0 Comments