Incident Reports

12 injured in Nuwakot clash

2017-01-20

12 people were injured during the clash with police when they picketed District Development Office (DDC). Police fired tear gas and bullets to take situation under control. They have been protesting since 15 January against the Local Level Restructuring Commission (LLRC) report. Related to the incident, locals from Thansingh, Chaughada, Khanigaun and Suryamati VDCs obstructed vehicle movement in the Dhikure, Thansingh and Chhahare VDCs of the district. Over 500 cadres from Nepali Congress, CPN (Maoist Center) and Ratriya Prajatantra Party (RPP) demonstrated today in front of district headquarters Bidur, demanding that Likhu VDC be created as a separate village council. The protesters had also vandalised the DDC building and allegedly misbehaved with some of the employees. स्थानीय निकाय पुनर्संरचना आयोगले सरकारलाई बुझाएको पुनर्संरचना प्रतिवेदनमा जिल्ला प्राविधिक सहयोग समितिले सिफारिस गरे अनुसार गाउँपालिका नै गायव बनाएको भन्दै चार ओटा गाविसमा आन्दोलनरत स्थानीयले माघ ७ गते सदरमुका विदुरमा रहेको जिल्ला विकास समितिको कार्यालयमा आक्रमण गरी तोडफोड गरेका छन् । जिल्ला प्राविधिक सहयोग समितिले चौघडा, थानसिङ, सुर्यमति र खानीगाउँ गाविसलाई लिखु गाउँपालिका सिफारिस गरी पठाएकोमा आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा लिखु गाउँपालिकाको नाम नै हटेर, यो गाउँपालिकामा परेका गाविसहरूलाई वरपरको अन्य चार गाउँपालिकामा मिलाएको विरोधमा चारै गाविसमा स्थानीय माघ २ गतेदेखि विभिन्न आन्दोलन गरिरहेका छन् । आआफ्नो गाविस बन्द गरिरहेका स्थानीय आज विदुरमा आएर जिल्ला विकास समितिमा तोडफोड गरेका हुन् । नाराबाजी गर्दै आएका आन्दोलनकारीले जिविसको कार्यालयमा प्रवेश गरी तोडफोड गर्दा थोरै सङ्ख्यामा रहेका प्रहरीले उनीहरूलाई नियन्त्रण गर्न अर्समर्थ भएका थिए । प्रदर्शनकारीले जिल्ला विकास समितको मूलढोका नै तोडफोड गरेर आक्रमणमा उत्रिएपछि प्रहरीले भिडलाई नियन्त्रणमा लिन २२ राउण्ड अश्रुग्याँस प्रहार र १२ थान रबर बुलेट प्रहार गरेको छ । आक्रमणमा सई लेखनाथ आचार्यसहित १५ जना प्रहरी सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जीतेन्द्र बस्नेतले बताए । घाइतेहरूको प्राथमिक उपचार नेपाल रेडक्रास सोसाइटी जिल्ला शाखाका स्वास्थ्यकर्मीको टोलीले घटनास्थलमै गरेको थियो । आन्दोलनकारीतर्फ नेपाली काङ्ग्रेस थानसिङका सभापति विनोद पाठकको तिघ्रामा रबरको गोली लागेर घाइते भएका छन् । आन्दोलनकारीहरूले बा १ झ ७२४७ र बा १ झ ९७५४ नम्वरको गाडी तोडफोड गरी लाखौँको क्षति पुर्‍याएका छन् भने स्थानीय विकास अधिकारी, लेखा अधिकृत, योजना अधिकृत तथा आन्तरिक लेखा परीक्षण कार्यकक्ष, सेवाग्राही प्रतिक्षालय, वैठक कक्षमा तोडफोड गरेका छन् । अन्देलनकारीले दुई ओटा भवनका ५५ ओटा झ्यालका सिसा फुटाइएको र दर्जनौँ टेवुल, दराज, सोफा, कुर्सी तेडफोड गरेको स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितले बताए । प्रदर्शनकारीले विदुरचोकमा आफू चढेर आएको बसलगायतका सवारीसाधन तेर्स्याएर राखेपछि एक घण्टा सडक अवरुद्ध भएको थियो । प्रहरी र प्रदर्शनकारीबिच भएको झडपका समयमा प्रहरीको लाठी लागेर रेडियो जालपाका स्टेशन मेनेजर जगदीश खनाल, टिभी त्रिशूलीका सम्वाददाता नमराज सुवेदी, कान्तिपुरका सम्वाददाता कृष्ण थापा घाइते भएका छन् । जिल्ला विकास समितिमा आक्रमणपछि कर्मचारीहरूको बैठकले भोलिदेखि अत्यावश्यक काम बाहेक अरु काम नगर्ने निर्णय गरेका छन् । स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितको अध्यक्षतामा बसेको बैठकले नुवाकोटका राजनीतिक दलहरूले घटनाको जिम्मा लिँदै माफी माग्नु पर्ने माग गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Vandalism
Weapons Unclear
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 500
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people 100
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 12
Total damaged Buildings 1
Other Sources , INSEC , National/Online Media

0 Comments

Related Trend Analysis