Incident Reports

कुटपिट गर्ने समुहलाई कार्वाहीको माग गर्दै इप्रका घेराउ

2017-01-21

कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडीमा राति २ जना स्थानीयलाई एक समुहले निघात रुपमा कुटपिट गरेको र स्थानिय गजराज ओखेडाको घरमा माघ ३ गते दिउँसो ४ बजे पसेर परिवारलाई निर्घात रुपमा कुटपिट गरेको मा जाहेरी दिँदा समेत कारवाही नभएपछि स्थानियहरुले शनिबार ईलाका प्रहरी कार्यालय बेल्डाँडीमा घेराउ गरेका छन् । उनीहरुले दोषिहरुको खोजी गरि तत्काल कारवाही गर्न माग गरेका छन् । सो समुहले विगत लामो समयदेखि ज्यादती गर्दै आए पनि पहुँचको भरमा कारवाही नभएको स्थानीयहरुले बताए । बेल्डाँडी प्रहरी निरीक्षक ग्रिन्द बहादुर बोगटीले दोषिहरुको खोजी भईरहेको बताए । उनले स्थानीयसँग दोषिहरुलाई तुरुन्त पक्राउ गर्ने प्रतिबद्धता समेत गरेका छन् । सो समुहका रतन शाहलाई प्रक्राउ गरी अनुसन्धान थालिएको उनले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Local Newspaper - Kanchanpur

0 Comments