Incident Reports

शरीर बन्धक बनाएर यौन शोषण गरेको आरोपमा उजुरी दर्ता

2016-12-13

Karnali, Jumla, Guthichaur, Ward 5

Man Datta Rawal २० वर्षीया महिलालाई विगत दुई महिनादेखि एक होटलमा बन्धक बनाएर सामूहिक यौन शोषण गरेको आरोपमा पीडित पक्षले माघ ७ गते आरोपितविरुद्ध काराहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय, जुम्लामा माघ ७ गते उजुरी दर्ता भएको छ । देपालगाउँ गाविस-६ का २८ वर्षीय नन्दप्रसाद आचार्य, २७ वर्षीया यशोदा आचार्य, ३१ वर्षीय रुद्र आचार्य, ३६ वर्षीय हिमानन्द आचार्य, सोही गाविस-७ का गोविन्दवहादुर उपाध्यायलगायत होटल सञ्चालकले मङ्सिर २८ गते देखि काठमाडौँ मनपा कलङ्कीस्थित राजधानी होटेलमा बन्धक बनाएर सामूहिक यौन शोषण गर्दै आएको आरोपमा पीडितका आफन्तले कारबाहीको माग गर्दै उजुरी गरेका हुन् । पीडित महिलाको स्वास्थ्य परीक्षण माघ ७ गते नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लामा गराए पनि प्रतिवेदन आउन भने बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गुरुविष्णु काफ्लेले बताए । उनले भने-‘घटना काठमाडौँमा घटेको र उजुरी जुम्लामा परेकोले आरोपितको खोजी कार्यका लागि प्रहरीका सबै कार्यालयमा खोजतलास पत्रचार गरेका छौँ ।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Secondary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
National/Online Media , Local Newspaper - Jumla

0 Comments