Incident Reports

जनकपुरका युवाहरुले एडीबीको प्रोजेक्ट कार्यालयमा पुनः तालाबन्दी गरे

2017-01-20

जनकपुरमा निर्माण भइरहेको ढल तथा नालाका कामकाज सम्झौता विपरित गुणस्तरहिन रुपमा भइरहेको भनी जनकपुरका युवाहरुले एडीविको प्रोजेक्टमा पुष २६ गते मङगलबारका दिन लगाएको तालाबन्दी प्रशासनले शुत्रबार फोरे लगतै जनकपुरका युवाहरुको समूहले एडिबीको कार्यालयमा गएर पुनः तालाबन्दी गरेका छन् । एडीबीको परियोजनामा ठेकेदार कम्पनीद्धारा भइरहेको कामकाज गुणस्तर नभएको भनी बारम्बार ठेकेदार प्रोजक्ट म्यानेजर सहितका सरोकारवालाहरुलाई जानकारी गराए पनि कुनै सुनुवाइ नभएको भनी शुक्रबार परियोजनाकै कार्यालयमा पुनः तालाबन्दी गरेको छ । यसअघि उद्योग वाणिज्य संघका अध्यक्ष शिव शंकर साह हिरा, क्लवका अध्यक्ष तथा विद्यार्थीहरु सामूहिक रुपमा प्रेस विज्ञप्ती जारी गरि ७२ घन्टे अल्टिमेटम पनि दिएको थियो । बारम्बार आवाज उठाए पनि सम्बन्धित सरोकारवाला कार्यालयले कुनै ध्यान नदिएको भनी जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंक साह हिरा, युवा नेता सरोज मिश्र, भवेश मिश्रसहितका युवाहरुले शुक्रबार परियोजनाको कार्यलयमा गएर पुनः तालाबन्दी गरेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other private sectors
Actor 2 - Youth na
Local Newspaper - Siraha

0 Comments