Incident Reports

Refugee students demand food, stage protest

2017-01-30

Province 1, Jhapa, Birtamod

(updated) Students from Bhutanese Refugee Camp at Beldangi, Jhapa, today staged a demonstration in front of camp management committee office demanding food. Beldangi Camp Secretary Sanchahang Subba said that volunteers had halted distributing food from the camp management committee for the past eight days. Volunteers have stopped distributing food saying that World Food Programme had cut off food for meant for the camp. update................................... शरणार्थी शिविरमा रासन वितरण ठप्प भएपछि भोकमरीको अवस्था आएको छ । राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले जनवरी २३ देखि रासन कटौती गरेपछि शरणार्थी स्वयंसेवकले रासन वितरणै गरेका छैनन् । कटौतीविरुद्ध मंगलबार पनि विद्यार्थीले प्रदर्शन गरे । शिविरमा क्रियाशील करिब ५ सय स्वयंसेवकले रासन वितरण नगरेका हुन । शिविरका शरणार्थीले नवौं दिन पनि रासन पाउन सकेनन् । आर्थिक अवस्था कमजोर भएका अधिकांश शरणार्थी भोकभोकै पर्न थालेको बेलडाँगी शिविर व्यवस्थापन समितिका सचिव सञ्चहाङ सुब्बाले बताए । उनले रासन संकटले शिविरमा भोकमरीको अवस्था सिर्जना हुन लागेको जनाए । ‘अहिलेसम्म पालो–पैचो गरेर खायौं । अब कुनै विकल्प छैन । यही अवस्था अझै केही दिनसम्म रहेमा खानै नपाएर ज्यानै जान सक्छ,’ उनले भने । डब्लूएफपीले दिँदै आएको प्रतिशरणार्थी ३ सय ३५ ग्राम चामल, ६० ग्राम दाल र २० ग्राम खाने तेलमध्ये चामलबाहेक दाल र तेलमा कटौती गरेको हो । स्वयंसेवकले रासन वितरण गर्न मानेका छैनन् । चामल मात्र खाएर शिविरमा स्वयंसेवकको काम गर्न सक्ने अवस्था नभएकाले वितरण नगरेको बेलडाँगी शिविरका तेजबहादुर कार्कीले बताए । राहत वितरण नभएपछि बेलडाँगी शिविरका ८ हजार २ सय ९४ शरणार्थीको दैनिकी कष्टकर बनेको छ । ३१ वर्षीया हरिमाया दंगाल छोराछोरीलाई बचाउनै गाह्रो भएको दुखेसो पोख्छिन् । उनले भनिन्, ‘घरमा एक गेडो चामल छैन, बाहिरबाट कमाएर ल्याउने मान्छे पनि छैनन्, दुई जना छोराछोरीलाई मैले के खुवाउनु ?’ रासन अभावमा भोकै बस्नुपरेको भन्दै शिविरमा अध्ययनरत विद्यार्थीले सरोकारवालालाई मंगलबार घेराउ गरे । विद्यालय पोसाकमै प्ले कार्ड बोकेका उनीहरूले तत्काल रासन वितरण गर्न माग गर्दै शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोग (यूएनएचसीआर) का प्रतिनिधि सवार गाडी घेराउ गरेका हुन् । उनीहरूले फिल्ड कार्यालयमा धर्ना थिए । सातादेखि भरपेट खान नपाउँदा धर्ना बस्न आएको विद्यार्थी रोहित मगरले बताए । भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिका अध्यक्ष भम्पा राईले शिविरमा मानवीय संकट उत्पन्न हुन नदिन नेपाल सरकार जिम्मेवार हुनुपर्ने बताए । उनले सरकारले दाता राष्ट्र खोजी गरेर शरणार्थीहरूले भरपेट खान पाउने अवस्था सिर्जना गरिदिनुपर्ने माग गरे । शिविर व्यवस्थापन समितिका सहसचिव टीकाराम रसाइलीले शरणार्थीको दीर्घकालीन समाधान नहुँदा अहिलेको संकट उत्पन्न भएको बताए । उनले शिविरमा रहेका करिब ११ हजार शरणार्थीमध्ये पुनर्वास जान नचाहनेलाई यही रहने व्यवस्था गरिदिनुपर्ने माग राखे । जुटेन सहमति रोकिएको राहत वितरणबारे सरोकारवालाबीच मंगलबार छलफल भए पनि कुनै ठोस सहमति जुट्न सकेन । छलफलमा शरणार्थी समन्वय एकाइका शाखा अधिकृत यज्ञ निरौला, लुथरन विश्व फेडेरेसनका दमक प्रमुख डा. शम्भु कट्टेल, यूएनएचसीआरकी फिल्ड सहायक गंगा सेन, क्याम्प सुपरिवेक्षक रामकुमार पौडेल, डब्लूएफपीका प्रतिनिधि सागर नेपाल र शिविर व्यवस्थापन समितिका पदाधिकारी सहभागी थिए । छलफलमा शिविर व्यवस्थापन समितिले रासन कटौती नगर्नेबारे डब्लूएफपीको ध्यानाकर्षण गराउने र सरोकारवाला निकायले थप दाताका लागि सरकारसमक्ष अनुरोध गर्नेबारे छलफल भएको शिविर सचिव सुब्बाले बताए । Secretary Subba warned that the situation might turn violent if the situation continued. “Refugees are making their ends meet through borrowing and lending. If this situation continues for a week, things might go out of control,” Subba warned. Volunteers have started an agitation not to cooperate, saying that WFP had stopped giving pulses, cooking oil and salt to the refugees from six to 60 years of age and reduced the rice quantity to 335 grams an individual per day. WFP is preparing to provide full food items to the crisis prone 2,904 refugees and slash the food items to the remaining 7,361 refugees from Jhapa and Morang from this year itself. Refugee Representative Repatriation Committee Chairman Bhampa Rai said that people, including children, might suffer from different diseases due to lack of food and they might get into wrongdoing to make their ends meet. He asked the Nepal government to take necessary steps to resolve the problem soon. Jhapa CDO Uttar Kumar Khatri said that DAO was informed about the crisis facing the refugees that had resulted from cuts in the food items to refugees. “The government is working to solve the problem,” Khatri said.
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Actor 1 - Number of people 35
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments