Incident Reports

पृथ्वी राजमार्ग अवरुद्ध

2017-01-31

Gandaki, Tanahun, Myagde

पृथ्वी राजमार्गको दमौली–खैरेनीटार सडक खण्डमा पर्ने तनहुँको जामुने गाविस– ३ रानाभाट बस्ती नजिकै मंगलबार बिहान सवारी साधनले ठक्कर दिँदा एक बालक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँका तीन वर्षीय सङ्गम रानाभाट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइतेलाई दमौलीमा उपचार हुन नसकेपछि तत्कालै पोखरा पठाइएको छ । सवारी साधनको पहिचान गरी चालकमाथि कारबाही हुनुपर्ने र घाइतेको राम्रो उपचार गर्नुपर्ने माग गर्दै पीडित पक्षले पृथ्वी राजमार्ग अवरुद्ध गरेको छ । अपराह्न १ बजेदेखि राजमार्ग अवरुद्ध हुँदा सयौँ यात्रु बाटामा अलपत्र परेका छन् । ठक्कर दिने सवारी साधनको पहिचान गर्ने र बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । –रासस
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Road block
Primary Cause Extra-judicial response to traffic accidents
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments