Incident Reports

शङ्खरापुरलाई कागेश्वरी नगरपालिकामा गाभेको भन्दै तालाबन्दी

2017-02-05

Bagmati, Kathmandu, Kageshwori Manahora

RSS स्थानीय तह पुनः संरचना आयोगले सरकारलाई पेस गरेको प्रतिवेदनमा शङ्खरापुर नगरपालिकालाई कागेश्वरी मनोहरा नगरपालिकामा गाभेको भन्दै नगरवासीले नगरपालिका र वडा कार्यालयमा तालाबन्दी गरेका छन्। रुपेशलाल श्रेष्ठको संयोजकत्वमा २५ सदस्यीय दबाब समूह गठन गरी नगरपालिका कार्यालय र सबै वडा कार्यालयमा तालाबन्दी गरिएको हो। ऐतिहासिक, सांस्कृतिक र पौराणिक हिसाबले महत्वपूर्ण शङ्खरापुर नगरपालिकाको अस्तित्व मेटाउन खोजिएको भन्दै आज कार्यालय समय सुरु हुने बित्तिकै तालाबन्दी गरिएको स्थानीयवासी पवनलाल श्रेष्ठले जानकारी दिए। रुपेशलाल श्रेष्ठको संयोजकत्वमा २५ सदस्यीय दबाब समूह गठन गरी नगरपालिका कार्यालय र सबै वडा कार्यालयमा तालाबन्दी गरिएको हो। आयोगले सरकारलाई प्रतिवेदन बुझाएको भोलिपल्टै यस क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सांसद दीपकप्रसाद कुइँकेलको संयोजकत्वमा सबै दलका प्रतिनिधि सदस्य रहेको शङ्खरापुर नगरपालिका बचाउ सङ्घर्ष समिति गठन भएको थियो। कान्तिपुरमा बस्ती बस्नु अगावै राजा शङ्खदेवले सात गाउँ र हजार घरको दाहिने शङ्ख आकारको सहर बसालेकाले यसको ऐतिहासिक अस्तित्व मेटाउन नहुने सांसद कुइँकेल बताउँछन्। 'शङ्खरापुर नगरपालिकामा सिन्धुपाल्चोकको सीमासँग जोडिएका पटाप र नाङ्लेभारे जस्ता स्थान छन्, यस्तो विकट भौगोलिक बनावट भएको ठाउँमा जनसङ्ख्यालाई मात्र आधार बनाएर नगरपालिका बनाइनुहुन्न', उनले भने। इलाकालाई आधार मानेर भौगोलिक बनावटलाई पनि ध्यान दिँदै यसअघि नगरपालिकामा क्रियाशील सबै राजनीतिक दलको सहमतिमा शङ्खरापुर नगरपालिका नै हुनुपर्ने जिल्ला प्राविधिक सहयोग समितिमा सिफारिस गरिएकोमा आयोगले गाभेर प्रतिवेदन बुझाएपछि विरोध गर्नुपरेको स्थानीयवासीको भनाइ छ। नगर कायम नभएसम्म ताला नखोलिने संयोजक श्रेष्ठले राससलाई जानकारी गराए। रासस
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis