Incident Reports

Gokuleshwor Mutiple Campus padlocked by students

2017-01-31

Sudurpashchim, Darchula, Shailyashikhar

Padlocking at Gokuleshwor Campus from past one week has affected the studies at campus. The students padlocked raising the issue like teacher recruitment, financial transaction of the campus on January 31. An unidentified group broke the lock from the campus on February 5. The students have put forward 11 point demands. गोकुलेश्वर बहुमूखी क्याम्पस गोकुलेश्वरमा एक सातादेखि लगाइएको तालाबन्दीका कारण क्याम्पसको पठनपाठन प्रभावित भएको छ । शिक्षक भर्ना, विद्यालयको विधि विधान, आर्थिक अनियमितता लगायतका विषय उठाउँदै क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले माघ १८ गतेबाट क्याम्पसमा तालाबन्दी गरेका हुन् । क्याम्पसमा विद्यार्थीले लगाएको ताला माघ २३ गते राति तोडिएको छ भने क्याम्पसले लगाएको ताला भने यथावत छ । ताला कसले तोड्यो भन्ने बारेमा जानकारी हुन नसकेको विद्यार्थी नरेन्द्र विष्टले बताए । क्याम्पसमा लगाएको ताला तोडेको विषयमा छानबिन गर्न विद्यार्थीहरूले इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा निवेदन दिएका छन् । विद्यार्थीहरूले पठनपाठन सुचारू गर्नुपर्ने, क्याम्पस प्रमुख नियमित रूपमा क्याम्पसमा हाजिर हुनुपर्ने, क्याम्स स्थापनादेखि हालसम्मको आय व्यय र्सार्वजनिक गर्नुपर्ने, क्याम्पस विधान, नियमावाली बनाउनुपर्नेलगायतका ११ बुँदे माग राखेका छन् । दुई साता अघि क्याम्पस व्यवस्थापन समिति र क्याम्पस प्रमुखले केही राजनीतिक दलको सहमतिमा १५ जना प्राध्यापक भर्ना गरेपछि क्याम्पसमा विवाद भएको हो । ‘क्याम्पस नियुक्ति गोकुलेश्वर बजारको एक होटलमा भएको छ ।’-नेकपा एमालेका र्सवदलीय प्रतिनिधि बीरभद्र पाण्डेले भने । ‘कसैलाइ जानकारी नगराइ प्राध्यापक भर्ना गरिएकोले यसको खारेजी हुनुपर्छ । सामान्य प्रक्रियासमेत नपुर्‍याइ भर्ना कुन ऐनमा छ ?’-उनले भने । क्याम्पसले समेत ताला कसले तोड्यो भन्ने विषयमा अनविज्ञता जनाएको छ । ‘विद्यार्थीले लगाएको ताला मात्रा तोडिएको छ ।’-निमित्त क्याम्पस प्रमुख धनसिह विष्टले भने-‘ताला तोडेको विषयमा प्रहरीलाई जानकारी गराइएको छ ।’ क्याम्पसको अन्य विषयमा छलफल गर्न क्याम्पस सञ्चालक समिति र क्याम्पस प्रमुख नभएको हुँदा विद्यार्थीहरूसँगको वार्ता ठोस निष्कर्षा पुग्न नसकेको विष्टको भनाइ छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
INSEC

0 Comments