Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2016-04-25

Karnali, Dailekh, Narayan, Ward 4

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नारायण नपा-४ का २३ वर्षीय चन्दु कटुवाललाई माघ २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई ०७३ वैशाख १३ गते कब्जामा लिएर यौन दुर्व्यवहार गरेको मुद्दा दैलेख जिल्ला अदालतमा चलिरहेको छ । आरोपित फरार रहेकोले कात्तिक १० गते अदालतमा मुद्दा पुर्‍याएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर एकेन्द्र खड्काले जानकारी दिए । बालिकाले प्रतिवाद गर्दा मरणासन्न हुने गरी कुटपिट गरी बेहोस भएको अवस्थामा परिवारजनले महाबु सामुदायिक बनको जङ्गलमा फेला पारेका थिए । घटना लगतै आरोपित चन्दु कटुवाल भारतमा लुकेर बसेकोमा यही साता मात्र घरमा आएर लुकी बसेको सूचनाका आधारमा प्रहरीले गिरफ्तार गरेको जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण गत वैशाख १० गते नै गरिएको प्रहरीले जनायो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Secondary Form Assault (small group)
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments