Incident Reports

नक्सा लिन पुगेका सेवाग्राहीलाई कार्यालयमै कुटपिट

2017-02-07

Madhes, Dhanusha, Janakpur

जनकपुर उमनपा-१२ का ४५ वर्षीय ललन साहलाई नापी कार्यालयका कार्यालय सहयोगी मोहन यादवले माघ २७ गते कार्यालयमै कुटपिट गरेका छन् । ललनको गोडामा चोट लागेको पीडितका छोरा अमित साहले बताए । घाइते ललनको माघ २७ गते नै जनकपुर अञ्चल अस्पतालमा उपचार भयो । नापी कार्यालय पुगेका ललन साह र उनका छोरा अमित साहले जमीनको नक्सा प्रिन्ट गरी दिन आग्रह गर्दा कार्यालयका कर्मचारीहरूले बेवास्ता गरेको भन्दै आक्रोशित बनेका ललन र कर्मचारी बीच विवाद भएको थियो । कर्मचारीलाई गालीगलौज गरेपछि कार्यालय सहयोगी र सेवाग्राही ललनबिच ठेलमठेल हुँदा चोट लागेर घाइते भएको नापी कार्यालयका अधिकृत कामेश्वर राउतले बताए । दुवै पक्षबिच आजै छलफल गर्राई औषधि उपचार खर्च तिर्ने गरी मिलापत्र भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामकिशोर साहले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC , National/Online Media , Local Newspaper - Mahottari , Local Newspaper - Siraha , Local Newspaper - Dhanusha , Local Newspaper - Parsa , Local Newspaper - Saptari

0 Comments