(updated)
Sita Adhikari, a 6-years-old girl of Shivaraj Municipality-10 was found dead in the river near Chandrauta Market.
She was playing in her home on February 13 and she got disappeared all of a sudden.
"Looking at the nature of the incident, she was raped first and then murdered", said Pralhad Adhikari, the inspector of Kapilvastu District Police Office.
Police is currently investigating about the case. The body has been taken to Lumbini Zonal Hospital for postmortem.
शिवराज नपा-१० की ६ वर्षीया सीता अधिकारीको शव फागुन ३ गते चन्द्रौटा बजार नजिकैको खोलामा फेला परेको प्रहरीले जनाएको छ ।
घरमा खेलीरहेकी बालिका ०७३ फागुन २ गते साँझदेखि एकाएक हराएपछि उनका आफन्त र प्रहरीले खोजी गरेको थियो ।
घटनाको प्रकृति हेर्दा बालिकाको हत्या बलत्कारपछि गरिएको हुनसक्ने जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका इन्स्पेक्टर प्रल्हाद अधिकारीले बताए ।
उनले घटनामा संलग्न आरोपितको खोजी सुरु गरिएको बताएका छन् । शवलाई पोस्टमार्टमका लागी लुम्बीनी अञ्चल अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।
Update...........................................
जिल्ला अदालत कपिलवस्तुले ६ वर्षिया बालिकालाई करणीपछि हत्या गरेका शिवराजनगरपालिका– १० प्रगतिनगरका १८ वर्षे भीम बहादुर कुबरलाई सर्बस्व सहित जन्म कैदको फैलसा सुनाएको छ।
उनलाई कर्तब्य ज्यान सम्बन्धी मुद्दामा सर्बस्वसहित जन्मकैद र जबरजस्तीकरणी मुद्दामा १२ वर्षको कैद सजाय तोकिएको हो। अदालतका श्रेस्तेदार डिल्लीराजले न्यायाधीश धनेश्वर पौडेलको एकल ईजलासले सो फैसला गरेको बताए।
गत वैशाख १० गते भएको फैसलामा मृतक बालिकाका आमा बुवालाई एक लाख रूपैया क्षतिपूर्ति महिला तथा बालबालिका कार्यालयबाट भराउन आदेशसमेत दिईएको श्रेस्तेदार अर्यालले बताए। मुलुकी ऐनको जबरजस्ती करणी महलको ३ (१ ) बमोजिम कैद र ज्यान संबन्धी महलको १३ ( ३ ) अनुसार सो फैसला भएको हो।
गत फागुन २ गते राति कुवँरले ललाइ फकाई गरी छिमेकमा बस्दै आएकी बालिकालाई घर नजिकै रहेको चौरमा बलत्कार पछि हत्या गरी फरार भएका थिए। बालिकाको शव स्थानीय जवई खोलमा फागुन ३ गते बिहान तैरीरहेको अवस्थामा फेला परेको थियो।
भीम बहादुरलाई प्रहरीले घटनाको अनुसन्धानको क्रममा फागुन ३ गते दिउँसो पक्राउ गरेको थियो। घटनास्थलबाट प्रहरीले बालिकाको ट्राउजर, जुत्ता, पेन्टी लगायतका प्रमाण फेला पारेको थियो। आफ्ना अबोध छोरीको बलत्कार पछि हत्या भएर पीडित बनेका बालिकाका आमाबुवाले सो फैसला पछि केही खुसी छाएको छ।
‘ कानुन अनुसार हदैसम्मको सजाय भएको छ, यो राम्रो कुरा हो ’ उनीहरुले भने। बालिका अवर मोदरल्याण्ड एकेडेमीको एलकेजीमा पढ्दैथिइन्। घटनाको बिरोधमा फागनु ३ गते चन्द्रौटामा बिरोध प्रर्दशनसमेत गरिएको थियो ।