Incident Reports

हत्या गरेको भन्दै उजुरी

2017-02-11

Gandaki, Nawalparasi West, Binayee Tribeni, Ward 2

नवलपरासीको दुम्किवास गाविस २ सुनटाडी निवासी ३९ वर्षकी उर्मिला सुनारको हत्या परिवारले गरेको भन्दै पत्रकार सम्मेलन मार्फत निष्पक्ष छानविन गर्न माइती पक्षले माग गरेका छन् । उर्मिला शनिबार दुम्किवासस्थित आफ्नै घरमा शंकास्पद रुपमा मृत भेटिएकी थिइन् । उर्मिलाको घर पक्षले उनले विष सेवन गरेर आत्महत्या गरेको बताएका छन् । तर माइती पक्षले भने उनले आत्महत्या गरेको नभइ उनका श्रीमानले हत्या गरेको आरोप लगाएका छन् । उर्मिलाकी दिदी भागवती सुनारले बहिनीले पटक पटक श्रीमानले यातना दिने, कुटपिट गर्ने, मार्छु भन्ने, छोडपत्र दिन्छु भन्ने गरेको बताउने गरेकोले यातना दिएर हत्या गरेको बताइन् । बहिनीको घाँटीमा पनि डाम, कान पछाडि पनि काटेको डाम, कान पछाडि पनि काटेको डाम रहेको उनको भनाइ छ । ईलाका प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक प्रकाश सिँखडाले विष सेवानका कारण मृत्‍यु भएको प्रारम्भिक रिपोर्ट आएको र थापा अनुसन्धानका लागि काठमाण्डौं पठाइएकाले पोष्टमार्टम रिपोर्ट आउन एक डेढ महिना लाग्ने बताए । माइती पक्षले जाहेरी दिएकाले घटनाका बारेमा घरपरिवारसँग सोधपुछ गर्ने काम भैरहेको उनले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Local Newspaper - Rupandehi

0 Comments