Police on Thursday arrested Saddam Hussein Pathan, 16yrs, a resident of Harduona-4 in Kapilbastu district on the charge of raping a 12-year-old girl from Harduona-7. Pathan reportedly raped the minor girl at the bank of a river located in Harduona-7. The victim's relatives pelted stones at Border Police Post Harduona demanding action against the accused rapist, due to which windowpanes of vehicles bearing plate number Na1Ga 494, Na1Jha1302, and window pane of the police post were broken causing damages of approximately rupees twenty five thousand.
Police are further investigating into the incident.
स्थानीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेकालाई स्थानीयले प्रहरीसँग खोसेर सामुहिक कारबाही गर्न खोजेपछि स्थानीय र प्रहरीबीच झडप भएको छ।
प्रहरीसँग झडप भएपछि सर्वसाधारणले जिल्लाको हर्दौनामा सीमा प्रहरी चौकीमा आक्रमण गरेका छन्। झडपमासीमा प्रहरी चौकी हर्दौनाका इन्चार्ज प्रहरी नायब निरीक्षक प्रेमकुमार चौधरी, प्रहरी जवान गणेशमान खटिक, अर्जुन थापा घाइते भएका छन्।
बिहीबार दिउँसो हर्दौना गाविस ७ करैलियाकी १२ बर्षीया बालिकालाई सोही गाविस ४ का १८ बर्षीया सद्दाम हुसेन पठानले जबरजस्ती करणी गर्न खोजेपछि प्रहरीले नियन्त्रण लिएको थियो ।
सीमा प्रहरी चौकी हर्दौनाको नियन्त्रणमा रहेका पठानलाई स्थानीय प्रहरी चौकीबाटै जनस्तरमा नियन्त्रण गर्न खोजेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ४ राउण्ड हवाई फायर र १० राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।
आक्रोशित स्थानीयले प्रहरीको ना १ ग ४९४ सहित दुईवटा गाडी तोडफोड गरेका छन् । स्थानीयले प्रहरीमाथि आक्रमण गरेपछि सदरमुकाम तौलिहवाबाट जिल्ला प्रहरी उपरीक्षक भोजजंग शाह र प्रहरी नायव उपरीक्षक प्रहलाद अधिकारीसहित नजिकका प्रहरी युनिटको टोली हर्दौना पुगेको थियो ।
हर्दौना ७ स्थित सीमा क्षेत्रको खरबारीमा गोबर खोज्न गएकी उनलाई पठानले करणीको प्रयास गर्न खोजेका थिएए । करणी गर्ने उद्देश्यले बालिकामाथि हातपात गरेको भन्दै स्थानीयले पीडकलाई लखेटेका थिए।
करणीको आरोपमा प्रहरीले उनलाई सीमा प्रहरी चौकी हर्दौनामा राखेको थियो । आरोपी युवालाई प्रहरीले पक्राउ गरेपछि स्थानीय वासिन्दाले चौकीमा आक्रमण गरेको प्रहरी उपरीक्षक भोज जंग शाहले बताए । प्रहरीसंगको झडपमा परी सात जना सर्वसाधारण घाइते भएका छन् ।
घाइते हुनेमा स्थानीय जगदीश पासी, कन्हैया पासी, भरोडा पासी, कोदई पासी, तसमुद्दिन मुसलमान, अमितदेव त्रिपाठी, झगरु नाउ रहेका छन् । पक्राउ परेका पठान उपर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक शाहले बताए ।