Incident Reports

खुकुरी प्रहार गरी पत्नी हत्या, आरोपित गिरफ्तार

2017-02-28

Lumbini, Gulmi, Isma, Ward 5

इस्मारजस्थल गाविस-१ की ४५ वर्षीया कमला अर्याललाई खुकुरी प्रहार गरी ५९ वर्षीय पति यमबहादुर अर्यालले फागुन १७ गते हत्या गरेको प्रहरीले जनाएको छ । बिहान साढे सात बजे आरोपितले पत्नीलाई एक्कासी खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी महेन्द्र नेपालले बताए । कमलाको टाउको तथा घाँटीमा चोट लागेको छ । खुकुरी प्रहार गरेपछि ढुङ्गाले समेत टाउकोमा प्रहार गरेको प्रहरीले जनाएको छ । छुट्याउन खोज्दा छिमेककी १४ वर्षीया बालिका माया कुँवर पनि घाइते भएकी छन् । कुँवरको बायाँ हातमा चोट लागेकाले स्थानीय स्वास्थ्य संस्थामा उपचार गरी घर फर्केको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले आरोपितलाई गिरफ्तार गरी हिरासतमा राखेको जनाएको छ । मृतकको शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुल्मीमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC , National/Online Media , Police website , Local Newspaper - Palpa

0 Comments