Incident Reports

Bheri-Babai project hit by workers’ strike

2017-02-27

The construction of Bheri-Babai Multipurpose Diversion Project has come to a halt after a Nepali worker, Devendra Khatri, was assaulted by his foreman, a Chinese national, for not washing the project’s vehicle. The project, which is being developed by China Overseas Engineering Group Limited has employed several Chinese workers along with Nepalis. The Nepali workers have announced a strike since Monday, demanding action against the foreman. They have also pressed the company to offer them raise and allowance. Minraj Dhakal, senior divisional engineer of the project, said the person who assaulted Khatri was fired after the incident and that the company has requested the agitating workers to the negotiating table to discuss their demand. भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा कार्यरत एक चिनियाँले नेपाली मजदुर कुटेपछि तीन दिनदेखि कामकाज ठप्प भएको छ । निर्माण कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेड(कोभेक)मा आबद्ध एक चिनियाँले आइतबार साँझ नेपाली कामदार देबेन्द्र खत्रीलाई कुटपिट गरेपछि आयोजनाको काम ठप्प हुन पुगेको हो । नेपाली कामदारले कुटपिटमा संलग्नलाई कारबाहीसहित विभिन्न माग राखी सोमबारदेखि हड्ताल गरेको छ । नेपाली कामदारले हड्ताल आव्हान गरेपछि निर्माण कम्पनीले कुटपिटमा संलग्न चिनियाँ कामदारलाई मंगलबार आयोजनाबाट हटाइदिएको छ । उनले नेपाली कामदार देवेन्द्र खत्रीलाई गाडी सफा नगरेर पार्किङमा राखेको भन्दै दाउराले हिर्काएका थिए । कुटपिटमा खत्रीको ढाड र मुखमा चोट लागेको छ । घाइतेको कोहल्पुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको आयोजनामा कार्यरत मेघराज चौधरीले जानकारी दिए । उनले माग पूरा नहुञ्जेल हड्ताल कायमै राख्ने चेतावनी दिए । आयोजनाका सिनियर डिभिजनल इन्जिनियर मिनराज ढकालले नेपाली मजदुरका माग पूरा गर्न वार्ता भइरहेको जानकारी दिए । कुटपिटमा संलग्नलाई कारबाही, साप्ताहिक छुट्टी (शनिबार) काम गरेपछि दोब्बर तलब पाउनुपर्ने, कामदारलाई सम्मानजनक व्यवहार गर्नुपर्ने लगायतका १० बुँदे माग गरिएको छ छ । ‘प्राइभेट कम्पनीले बिदाको दिन काम गरेको तलब दिन सक्दैन् । यो बाहेक अन्य मागहरु पूरा गर्न सकिने खालका छन्’ इन्जिनियर ढकालले भने, ‘कामदारलाई मनाएर आयोजनाको काम सञ्चालन गर्ने प्रयत्नमा लागिरहेका छौं । वार्ता भइरहेको छ ।’ हड्तालका कारण टनेल खन्ने काम अवरुद्ध भएको छ । चिनियाँ र नेपाली गरी दुई सय ८६ जना कामदार छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Surkhet

0 Comments

Related Trend Analysis