Incident Reports

जिरा भवानी मेलामा ज्यादती गरेका प्रहरीमाथि कार्यवाही हुने

2017-03-25

Madhes, Parsa, Parsa

पर्साको महादेवपट्टि गाविसमा रहेको जिरा भवानी मन्दिरमा हिजो भएको प्रहरी ज्यादतीको विरोधमा आज स्थानीयले गरेको विरोधपछि दोषी प्रहरीमाथि कार्यवाही हुने भएको छ। शनिवार जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी ज्यादती विरोधमा आन्दोलित पक्ष र प्रहरी नायव उपरीक्षक बीच भएको वार्तामा प्रहरी जवान हिराबहादुर नेपाली र दान बहादुर राणालाई कार्यवाही गर्ने तथा पक्राउ परेका श्याम सुन्दर चौधरीलाई निसर्त रिहा गर्ने सहमति भएको हो। मेलामा शान्तिसुरक्षाका लागि खटिएका प्रहरीहरुले दर्शनार्थीहरुमाथि अभद्र व्यवहार तथा उपशब्द प्रयोग गरि कुटपिट गरेको भन्दै आक्रोशीत सैयों स्थानीयले आज ईलाका प्रहरी कार्यालय सेढवा घेराउ गारी नारावाजी गरेका थिए। हिजो महाशिवरात्रीका दिन इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीकाबाट खटिएका प्रहरी जवान हरिबहादुर नेपाली र दान बहादुर राणाले मन्दिरको मूल गेटमा बसी आगन्तुक भक्तजनहरुमाथि गालीगलौज तथा उपशब्द प्रयोग गर्दै धम्क्याउने गरेको स्थानीयले आरोप लागेका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments