Incident Reports

Locals of Nijgadh blocks road against the recklessness

2017-02-08

Madhes, Bara, Nijgadh

The locals of Nijgadh have blocked the road at East-West highway for half an hour on Wednesday morning against the recklessness of Department of Road and the Contractor. They have demanded making of the roads and drainage system. The locals have also said that they will continue blocking the road and increase the blocking time by half an hour. The locals have also protested against this earlier as well. महिनौं यतादेखि सडक विभाग र ठेकेदारले सडक र नाला अलपत्र छाडेपछि पछिल्लोपटक पीडित स्थानीयवासी कडा सङ्र्घषमा उत्रेका छन् । सडकमा धान रोपाइँ र राजमार्गमा चक्का जाम गरी पटकपटक सङ्र्घष गर्दै छोडेका स्थानीयले अहिले सङ्र्घष समिति नैं गठन गरी कडा सङ्र्घषमा जाने घोषणा गरेका हुन् । बुधवार बिहान ८ बजे आधा घण्टा पूर्व—पश्चिम राजर्मागको निजगढ शहीद चोकमा सडक अवरुद्ध पारे । प्रत्येक दिन आधाआधा घण्टाका दरले लम्ब्याउँदै जाने शहीदचोक क्षेत्र सडक निर्माण सङ्षर्घ समिति निजगढका सदस्य विनोद भारतीले जानकारी गराए । पीडित स्थानीयहरूले अलपत्र पारी छोडेको सडक र नाला तुरुन्तै निर्माण सम्पन्न गर्नुपर्ने माग राख्दै कामलाई निरन्तरता दिनसमेत माग राखें । अलपत्र काम अघि नबढाए र सम्पन्न नगरुन्जेल सङ्घर्ष नरोकिने सङ्घर्ष समितिका संयोजक टेकबहादुर लामाले माइकिङ गरी सडकबाटैं घोषणा गरे । सङ्घर्ष समितिको आह्वानमा समाजसेवी आम नागरिकको सहभागिता थियो । सडक डिभिजन कार्यालय, हेटौंडा र ठेकेदार कम्पनी मृत सञ्जीवनी/देव एन्ड सायर काठमाडौंले पटकपटक स्थानीयवासीलाई झुक्याउँदै काम अधूरो छाडेपछि अहिले स्थानीय जनता आक्रोशित भएको हो । एक दिन अघि कामलाई तदारुकताका साथ अघि बढाउन ठेकेदार कम्पनीलाई कडा निर्देशन दिएको र सोही अनुरूप काम सुचारु गर्न थालिएको सडक डिभिजन कार्यालय हेटौडाका इन्जिनियर एंव प्रवक्ता जयराम अधिकारीले बताए । राजमार्गको सडकमा ढलाने सडक बनाउने अन्तिम तयारी भइसकेको उनले भने । ठेकेदार कम्पनी मृत सञ्जीवनी/देव एन्ड सायर काठमाडौंले शहीद हीरालाल मार्गको दुवैतर्फ कुल ९ सय मिटर नाला र करिब ३ किलोमिटर सडक कालोपत्रे सम्पन्न गर्न सो ठेकेदार कम्पनीले ३ करोड ५२ लाखमा ०७२ साल असारमा ठेक्का साकार र ०७४ असार मसान्तसम्म निर्माण सम्पन्न गर्न सम्झौता गरेको छ । तर कामले गति लिएको छैन । कामलाई निरन्तरता नदिंदा निजगढ नगरपालिकाको अति नै व्यस्त क्षेत्र शहीदचोंक झन्डै एक वर्षदेखि प्रभावित र लथालिङ अवस्थामा छ । राजमार्गको सडक र सहायक मार्गमा सडक र नाला बनाउन शुरु गरे पनि निरन्तरता नपाउँदा हिउँदमा धूलाम्य र वर्षामा हिलाम्य हुने मात्र हैन, घरभित्र पानीको नाला बग्ने गरेको छ । यता पीडित स्थानीयवासीको मागलाई ध्यानमा राखी जतिसक्दो चाँडो अलपत्र काम अघि बढाउन सम्बन्धित निकायलाई पत्राचारसँगै संवाद गरिरहेको जानकारी दिदै राजमार्ग लाइफ–लाइन भएकोले अवरुद्ध गर्न नहुने प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Strike/Bandh
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments