Incident Reports

निकुञ्ज खारेजीको माग गर्दै स्थानीय उत्रिए सडकमा

2017-03-08

जंगली हात्तीले आक्रमण गर्दा बर्दियामा एकजना युवकको ज्यान गए पछि आक्रोषित स्थानियहरु आन्दोलित भएका छन् । उनीहरुले बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र खारेजीको मागसमेत गरेका छन् । गाउँमा जंगली हात्ती आएपछि धपाउने क्रममा हात्तीले आक्रमण गर्दा बबई नगरपालिका वार्ड नम्वर ३ निवासी कर्मला गाउँका १८ बर्षिय युवक अर्जुन भनिने विजय नेपालीको ज्यान गएको छ । रातीको समयमा गाउँमा हात्ती आएपछि धपाउने क्रममा हात्तीले लखेटेर आक्रमण गर्दा युवकको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताए । उनले भने नयाँ तारवार भएकै ठाउँबाट तोडेर हात्ती निस्किएकाले समस्या भएको हो । ‘हात्ती पहिचान गर्ने टोली काठमाडांैबाट मगाएका छौं, उनले भने–‘आक्रामक हात्ती नियन्त्रण गर्छौ’ उनले भने । निकुञ्जले पीडितका परिवारलाई तत्काल ५ लाख रुपैया उपलब्ध गराउने भएको छ । त्यस्तै मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले क्रियाखर्च वापत ३० हजार रुपैयाँ दिने भएको छछ । त्यस क्षेत्रमा बर्षेनी हात्तीले आतंक मच्चाउँदा व्यापक धनजनको क्षती स्थानियले व्यहोर्दै आएका छन् । जंगली हात्ती नियन्त्रण गर्न मध्यवर्ती क्षेत्रका स्थानियहरुले माग गरेका छन् । आक्रोशित स्थानीयले पूर्व पश्चिम महेन्द्र राजमार्गमा अवरोध गरेका छन् । स्थानीयले नारावाजी गर्दै निकुञ्ज तथा मध्यवर्ती क्षेत्र खारेजीको माग गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments