Incident Reports

मानव अधिकार आयोग क्षेत्रीय कार्यालय घेराउ

2017-03-08

Madhes, Dhanusha, Janakpur

स्थानीय युवाहरुले जनकपुरस्थित राष्टिय मानव अधिकार आयोग क्षेत्रिय कार्यालय घेराउ गरेका छन् । सप्तरीको राजविराजमा भएको झडपमा तीन जनाको मृत्यु भएको घटनाबारे छानबिन गर्न माग गर्दै उनीहरले मानवअधिकार कार्यालय घेराउ गरेका हुन् । उनीहरुले सप्तरीका एसपी दिवस लोहनीलाई कारवाही गरिनुपर्ने मागसमेत गरेका छन् । साथै सरकार र मानव अधिकार आयोग विरुद्ध नारावाजी गरेका छन् । युवा सुशिल कर्णले आयोगले आफ् नो निष्पक्षता गुमाएको र एमालेको भातृ संस्था झैँ कार्य गरेको कारणले घेराउ गरिएको दावी गर्नुभयो । सप्तरीमा मानव अधिकारको उल्लंघन हुँदा समेत आयोग चुप बस्नु गलत भएको बताउनुभयो । उनीहरुले आयेगको विरुद्धमा समेत नाराबाजी गरेका छन् । आयोगका प्रवक्ताले विज्ञिप्ती जारी गरेर मोर्चालाई कार्यक्रममा अवरोध नपुर्याउन भनेपनि एमालेलाई उत्तेजक नबन्न नभनेको कारणले गर्दा युवाहरु आयोग प्रति आक्रोसित बनेका छन् । उनीहरुले आयोगालाई निष्पक्ष भएर काम गर्न समेत आग्रह गरेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Secondary Cause Election-related incident
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments