Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2017-03-07

Lumbini, Bardiya, Gulariya

७० वर्षीया वृद्ध महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत उत्तर प्रदेश अजमगढ जिल्ला अम्बेटकानगर थाना टाण्डा अजिमिटिवासपुरका २५ वर्षीय बहादुरलाल यादव भनिने बहादुरलाल पासवानलाई फागुन २५ गते नेपालगञ्जबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले फागुन २४ गते साँझ बलात्कार गरी फरार भएका थिए । पीडितपक्षले सोही दिन जिल्ला प्रहरी कार्यालय बर्दियामा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय बाँकेको समन्वयमा आरोपितलाई नेपालगञ्जबाट प्रहरीले गिरफ्तार गरी अनुसन्धान भइरहेको जनाएको छ । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल गुलरियामा भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी भरतबहादुर बोहराले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC , Local Newspaper - Banke

0 Comments