Incident Reports

जिल्ला विकास समितिको कार्यालय धनुषामा धर्ना

2017-03-15

विभिन्न ६ बुँदे माग लिएर आन्दोलित भएका स्थानीय निकायका कर्मचारीहरुले बुधबार पनि जिल्ला विकास समिति धनुषामा धर्ना बसेका छन् । गएको माघ २३ गतेदेखि चरणबद्ध रुपमा आन्दोलित भएका स्थानीय निकायका कर्मचारीहरुले सोमबारदेखि अनिश्चितकालको लागि स्थानीय निकायको कामकाज ठप्प पारेका छन् । कर्मचारीहरुले जिल्ला विकास समितिको मुलगेटमा ताल्चा लगाएर धर्ना बसेका छन् । स्थानीय निकाय संयुक्त टेड युनियन आन्दोलन परिचालन जिल्ला समन्वय समिति धनुषाको अगुवाईमा कर्मचारीहरुले बुधबार मुलगेटमा बसेर आफ्नो माग सम्बोधन गराउन नाराबाजी समेत गरेका थिए । विभिन्न मागहरु राखेर कर्मचारीहरुले नगरपालिका, उपमहानगरपालिका र जिल्ला समिति कार्यालयमा धर्ना दिँदै आएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments