Incident Reports

परिमार्जन सहित संविधान संशोधनका लागि मोर्चाद्वारा विरोध सभा

2017-02-05

Madhes, Saptari, Rajbiraj

सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच भएको सहमतिको आधारमा परिमार्जन सहित संविधान संशोधन र जनसंख्याको आधारमा स्थानीय तहको पुर्नसंरचना हुनुपर्नेमा माग पूरा नगराएको भन्दै मोर्चाले आइतबार सप्तरीको राजविराजमा विरोध प्रदर्शन गरेको छ । स्थानीय शिव मन्दिरबाट निकालिएको विरोध जुलुस जनआन्दोलन चौकमा विरोध सभामा परिणत भएको थियो । सो विरोध सभामा मोर्चाले राज्य पूर्नसंरचना आयोगको प्रतिवेदन समेत जलाएका थिए । सो विरोध समाभा बोल्दै मोर्चाका नेताहरुले परिमार्जनसहित संविधान संशोधन गरिनुपर्ने माग गरे । परिमार्जनसहित संविधान संशोधन नगरिए त्यस्तो संविधान खारेज गर्ने बताउँदै संविवधान संशोधनबिना गरिने कुनै पनि तहको निर्वाचन हुन नदिने मोर्चाका नेताहरुले चेतावनी समेत दिए । सो विरोध सभामा मोर्चाका सप्तरी संयोजक अमरनाथ मण्डलको अध्यक्षतामा सम्पन्न भएको थियो । सभामा संघीय समाजवादी फोरम नेपाल , सदभावना पार्टी, तराइ मधेश लोकतान्त्रिक पार्टी, तराई मधेश सदभावना पार्टी, राष्टिय मधेश समाजवादी पार्टी का नेताहरुले परिमार्जनसहित संविधान संशोधन गर्नुपर्ने माग गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Saptari

0 Comments

Related Trend Analysis