Incident Reports

वडा विभाजनको बिरोधमा गौशाला नगरपालिकामा तालाबन्दी

2017-03-14

Madhes, Mahottari, Gaushala

महोत्तरीको गौशाला नगरपालिकाको वडा बिभाजन गर्दा पुरानो संरचनालाई तोडमोड गरि नयाँ संरचना बनाएको भन्दै स्थानीय राजनीतिक दलका प्रतिनिधिले अनिश्चितकालका लागि कार्यालयमा तालाबन्दी गरेका छन् । मंगलबार गौसालामा स्थानीय राजनीतिक दलको सर्बदलिय बैठकले नयाँ संरचनाको स्वागत गर्ने र कायम गरिएको वडाको बिरोध गर्ने निर्णय गर्दै अनिश्चितकालिन तालाबन्दी गर्ने निर्णय गरेको हो । नेपाल सरकार स्थानीय पुनर्संरचना आयोगद्वारा घोषित गौशाला नगरपालिकाको वडाहरुलाई भत्काई हाल ४ गाबिसहरु समेत थप गरि १२ वडा बनाइएकाले सो निर्णयलाई परिमार्जन गरि गौशाला नगरपालिकाका पुराना वडाहरुलाई कायम गरि थप गरिएको ४ वटा गाविसहरुलाई समाबेसी /समानुपातिक तरिकाले १२ देखि १९ वडासम्म कायम गर्रिनुपर्ने माग गरेका छन् । यस्तै बैठकले सो सम्बन्धमा संघिय मामिला तथा स्थानीय बिकाश मन्त्रालयमा ज्ञापन पत्र बुझाउने निर्णय समेत गरेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Mahottari

0 Comments