Incident Reports

हत्या गरिएको अवस्थामा महिलाको शव फेला

2017-03-14

सुनवल नपा-११ की ४८ वर्षीया देउमाया बिक चैत १ गतेदेखि हराइरहेकोमा उनको शव हत्या गरिएको अवस्थामा सोही वडाको जर्घास्थित जङ्गलमा चैत ४ गते फेला परेको छ । शरीरमा विभिन्न खालका चोटहरू रहेको र स्याउलाले पुरेको अवस्थामा मृतकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सई टिकाराम पोख्रेलले जानकारी दिए । उनको हत्या कसले र किन गरेको हो भन्ने कुरा खुल्न नसकेको सो घटनाको अनुसन्धान जारी गरेको सई पोख्रेलले बताए । शवको पोष्टमार्टम चैत ४ गते नै पृथ्वीचन्द्र अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यलय नवलपरासीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments