Incident Reports

बलात्कारको आरोपमा दुई जना युवालाई पक्राउ

2017-03-13

Madhes, Siraha, Lahan, Ward 5

ईलाका प्रहरी कार्यलय लहानले बलात्कारको आरोपमा दुई जना युवालाई पक्राउ गरेका छन् । १७ वर्षीया (जिनी) नाम परिवर्तन बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले, लहान नपा (११ बस्ने २२ वर्षीय सरोज साह र २१ वर्षीय कमलेश साहलाई मंगलबार पक्राउ गरेको छ । पीडित बालिकालाई आरोपित दुवैले फागुन ३० गते सोमबार होलीको दिन बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा मंगलबार उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका लागि सरोज साह र कमलेश साहलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका इन्स्पेक्टर जुगेश्वर राउतले जानकारी दिएका छन् । बलात्कृत बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा मंगलबार गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Apan Dainik , Local Newspaper - Saptari

0 Comments